मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघका पाँच सुझाव, पूँजीबजारमैत्री नीति ल्याउन राष्ट्र बैंकसँग आग्रह

<span class='c1'>मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघका पाँच</span> <span class='c2'>सुझाव, पूँजीबजारमैत्री नीति ल्याउन राष्ट्र बैंकसँग आग्रह</span>

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंकसमक्ष पाँच बुँदे सुझाव पेस गरेको छ । नेपालको पूँजीबजारलाई थप प्रतिस्पर्धी, गहिरो, तरल तथा लगानीमैत्री बनाउने उद्देश्यले संघले विभिन्न नीतिगत सुधारका प्रस्ताव अघि सारेको हो ।

संघले बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा लगानीसम्बन्धी थप नीतिगत स्वतन्त्रता प्रदान गर्न, लकइन सम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्न तथा पर्याप्त पूँजी, तरलता र जोखिम व्यवस्थापन क्षमता भएका संस्थालाई विवेकपूर्ण रूपमा शेयर बजारमा लगानी गर्न प्रोत्साहन गर्ने व्यवस्था मौद्रिक नीतिमार्फत गर्न आग्रह गरेको छ । यस्तै, लघुवित्त संस्थाको लाभांश वितरणसम्बन्धी व्यवस्था सुधार गर्न, शेयर धितो कर्जालाई जोखिममा आधारित प्रणालीमा रूपान्तरण गर्न तथा गैरआवासीय नेपाली (एनआरएन) लाई नेपाली पूँजीबजारमा सहज रूपमा प्रवेश र लगानी फिर्ताको वातावरण सुनिश्चित गर्नुपर्ने सुझाव पनि संघले दिएको छ ।

संघले कर्मचारी सञ्चयकोष, सामाजिक सुरक्षा कोष तथा बीमा कम्पनीहरूका दीर्घकालीन कोषलाई स्पष्ट जोखिम व्यवस्थापन मापदण्डका आधारमा पूँजीबजारमा थप सक्रिय रूपमा परिचालन गर्न आवश्यक नीतिगत व्यवस्था गर्न पनि माग गरेको छ । यस्ता संस्थागत लगानीकर्ताको सक्रिय सहभागिताले बजारमा दीर्घकालीन स्थायित्व, तरलता तथा लगानीकर्ताको विश्वास अभिवृद्धि हुने संघको विश्वास छ ।

संघले पेस गरेका सुझाव कार्यान्वयन भएमा पूँजीबजारको गहिराइ बढ्ने, संस्थागत लगानीकर्ता आकर्षित हुने, लगानीकर्ताको विश्वास बलियो बन्ने तथा समग्र वित्तीय प्रणालीको स्थायित्वमा सकारात्मक योगदान पुग्ने उनको भनाइ छ ।

संघले पेस गरेका पाँच प्रमुख सुझाव

बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा लगानीसम्बन्धी थप नीतिगत लचकता प्रदान गर्ने ।

लघुवित्त संस्थाको लाभांश वितरणसम्बन्धी व्यवस्थामा सुधार गर्ने ।

शेयर धितो कर्जा व्यवस्थालाई जोखिममा आधारित बनाउने ।

गैरआवासीय नेपालीका लागि लगानी प्रवेश तथा लगानी फिर्ता प्रक्रिया सहज बनाउने ।

संस्थागत दीर्घकालीन कोषहरूको सक्रिय परिचालनका लागि नीतिगत सहजीकरण गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्