विराटनगर । विराटनगर–१६ रानीस्थित नेपाल–भारत सीमा नाकाको ३ नम्बर ढाट बन्द गरिएको विरोधमा स्थानीयवासी तथा चाइना मार्केट क्षेत्रका व्यापारीहरूले बिहीबार प्रदर्शन गरेका छन्। लामो समयदेखि ३ नम्बर ढाट बन्द हुँदा व्यापार–व्यवसाय धराशायी भएको र स्थानीयको रोजीरोटी नै संकटमा परेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
प्रशासनले ३ नम्बर ढाटतर्फ जाने सडकमा पोल गाडेर सिक्री लगाई आवागमन रोक लगाएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरूले मुख्य प्रवेशद्वारका रूपमा प्रयोग हुँदै आएको १ नम्बर ढाटसमेत केही समयका लागि बन्द गरेका थिए। त्यसपछि नेपाल–भारत सीमा नाकामा सर्वसाधारणको आवतजावत तथा साना ढुवानी गतिविधि प्रभावित भएको थियो। स्थानीय व्यवसायीका अनुसार ३ नम्बर ढाट हुँदै सञ्चालन हुँदै आएको आवागमन बन्द भएपछि त्यस आसपासका व्यापार तथा अन्य साना व्यवसायमा प्रत्यक्ष असर परेको छ। बजारमा आर्थिक मन्दी छाएको, व्यापार चौपट्ट भएको र जीविकोपार्जन गर्नसमेत कठिन भएको उनीहरूको गुनासो छ।
[caption id="attachment_333119" align="alignnone" width="340"]
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0;
runfunc: 0; algolist: 0;
multi-frame: 1;
brp_mask:0;
brp_del_th:0.0000,0.0000;
brp_del_sen:0.0000,0.0000;
motionR: 65539;
delta:1;
bokeh:1;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 4;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 166.3268;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 46;zeissColor: bright;[/caption][caption id="attachment_333118" align="alignnone" width="340"]
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0;
runfunc: 0; algolist: 0;
multi-frame: 1;
brp_mask:0;
brp_del_th:0.0000,0.0000;
brp_del_sen:0.0000,0.0000;
motionR: 65537;
delta:1;
bokeh:1;
module: photo;hw-remosaic: false;touch: (0.40268555, 0.6226562);sceneMode: 4;cct_value: 0;AI_Scene: (11, 0);aec_lux: 168.53693;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: 65537;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 34;zeissColor: bright;[/caption]
व्यापारीहरुले लामो समयदेखि नाका बन्द रहेकाले व्यापार ठप्प भएको बताए। पटक–पटक प्रशासनसँग नाका खोल्न आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएपछि आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ। प्रदर्शनका क्रममा स्थानीय तथा व्यापारीहरूले १ नम्बर ढाटमा पुगेर नाराबाजी गर्दै ३ नम्बर ढाट तत्काल सञ्चालनमा ल्याउन, सिक्री र पोल हटाउन माग गरेका थिए। यसक्रममा प्रदर्शनकारीहरूले नाकामा लगाइएको सिक्री र पोल हटाउने प्रयास गरेपछि प्रहरी र प्रदर्शनकारीबीच केहीबेर तनाव उत्पन्न भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेपछि प्रदर्शनकारीहरू तितरबितर भएका थिए।
प्रहरी प्रशासनका अनुसार ३ नम्बर ढाटबाट विगतदेखि चोरी–तस्करीका गतिविधि बढ्दै आएकाले आवागमनमा रोक लगाइएको हो। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नाकामा पोल गाडेर सिक्री लगाइएको प्रशासनको भनाइ छ।
[caption id="attachment_333117" align="alignnone" width="340"]
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0;
runfunc: 0; algolist: 0;
multi-frame: 1;
brp_mask:0;
brp_del_th:0.0000,0.0000;
brp_del_sen:0.0000,0.0000;
motionR: 65539;
delta:1;
bokeh:1;
module: photo;hw-remosaic: false;touch: (0.3815737, 0.57984364);sceneMode: 4;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 87.479126;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 43;zeissColor: bright;[/caption]
सीमा नाका अवरुद्ध भएपछि नेपाल–भारतबीच दैनिक रूपमा हुने सर्वसाधारणको आवतजावत, साना व्यापारीको कारोबार तथा दैनिक उपभोग्य वस्तुको खरिद–बिक्रीसमेत प्रभावित भएको थियो। यद्यपि प्रदर्शनकारीहरूले एम्बुलेन्ससहितका अत्यावश्यक सवारी साधनलाई भने आवतजावत गर्न दिएका थिए। घटनापछि सीमा क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हाल सो क्षेत्रको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रदर्शनकारीहरूले ३ नम्बर ढाट पुनः सञ्चालन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्। साथै उनीहरूले सरकारको ध्यानाकर्षण गराउँदै सीमा नाकाको समस्या समाधान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। अहिले एक नम्बर ढाट संन्चालनमा आएका छन ।