विराटनगरमा रहेको राम जानकी खाकी बाबा साधना केन्द्रको पहिलो वार्षिक उत्सव सम्पन्न

<span class='c1'>विराटनगरमा रहेको राम जानकी खाकी बाबा</span> <span class='c2'>साधना केन्द्रको पहिलो वार्षिक उत्सव सम्पन्न</span>

विराटनगर । विराटनगर महानगरपालिका–१३ स्थित रामजानकी खाकी बाबा योग साधना केन्द्रले आफ्नो पहिलो वार्षिक उत्सव शनिबार बिहान विविध धार्मिक, आध्यात्मिक तथा योगमूलक कार्यक्रमका साथ सम्पन्न गरेको छ ।


कार्यक्रमको अध्यक्षता रामजानकी खाकी बाबा साधना केन्द्रका अध्यक्ष दिपेन साहले गरेका थिए भने प्रमुख अतिथिका रूपमा विराटनगर–१३ का वडा अध्यक्ष तथा रामजानकी खाकी बाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सूर्यलाल यादव सहभागी थिए। कार्यक्रममा महिला पतञ्जली योग समिति मोरङकी अध्यक्ष सुचि चौधरी, पतञ्जली योग समिति मोरङका अध्यक्ष दामोदार पोखरेल, पतञ्जली योग समिति नगर अध्यक्ष माधव अधिकारी, महिला पतञ्जली नगर अध्यक्ष कुमारी तामाङलगायत पतञ्जली योग समितिका पदाधिकारी, सदस्य तथा स्थानीय भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सूर्यलाल यादवले रामजानकी खाकी बाबा साधना केन्द्रले छोटो समयमै समाजमा आध्यात्मिक चेतना, नैतिक संस्कार र योग अभ्यासको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए। उनले मन्दिर र साधना केन्द्र धार्मिक आस्थाको केन्द्र मात्र नभई सामाजिक एकता, अनुशासन र सकारात्मक सोच विकास गर्ने थलोका रूपमा स्थापित हुनुपर्ने धारणा राखे। आगामी दिनमा पनि यस्ता धार्मिक तथा सामाजिक गतिविधिमा वडा कार्यालयको आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। उत्त मन्दिरमा पटक पटक चोरी हुने गरेकाले अब समितिमा छलफल गरेर सिसि क्यामारा राख्ने योजना गरेको समेत उद्घोष गरे ।


साधना केन्द्रका अध्यक्ष दिपेन साहले केन्द्र स्थापना भएको एक वर्षको अवधिमा नियमित साधना, भजन–कीर्तन, योग अभ्यास तथा धार्मिक कार्यक्रममार्फत समुदायलाई सकारात्मक सन्देश प्रवाह गर्ने प्रयास गरिएको बताए। आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै युवापुस्तालाई आध्यात्मिक मार्गतर्फ आकर्षित गर्ने योजना रहेको उनको भनाइ थियो।

महिला पतञ्जली योग समिति मोरङकी अध्यक्ष सुचि चौधरीले स्वस्थ जीवनका लागि योग, ध्यान र अनुशासित जीवनशैली अपरिहार्य रहेको बताइन्। , उनले साधना केन्द्रले योग र आध्यात्मिक अभ्यासलाई समुदायस्तरसम्म विस्तार गर्न थालेको प्रयास प्रशंसनीय रहेको उल्लेख गरिन्। ।

पतञ्जली योग समिति मोरङका अध्यक्ष दामोदार पोखरेलले योग र साधना मानिसको शारीरिक स्वास्थ्यसँगै मानसिक शान्ति र आत्मबल बढाउने प्रभावकारी माध्यम भएको बताए। यस्ता केन्द्रहरूले समाजमा सकारात्मक ऊर्जा फैलाउने काम गरिरहेको उनको भनाइ थियो।

नगर अध्यक्ष माधव अधिकारीले धार्मिक तथा आध्यात्मिक संस्थाहरूले समाजमा नैतिक मूल्य, अनुशासन र सद्भाव कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै साधना केन्द्रको आगामी यात्रा सफलताको शुभकामना व्यक्त गरे।

महिला पतञ्जली नगर अध्यक्ष कुमारी तामाङले महिलाहरूको सक्रिय सहभागिताले धार्मिक तथा योग अभियान अझ प्रभावकारी बन्ने बताउँदै साधना केन्द्रले महिला सशक्तीकरण र स्वास्थ्य सचेतनामा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।

वार्षिक उत्सवका अवसरमा योग प्रदर्शन, आध्यात्मिक प्रवचन, भजन–कीर्तन तथा सम्मान कार्यक्रम समेत आयोजना गरिएको थियो। सहभागीहरूले साधना केन्द्रले आगामी दिनमा पनि धर्म, संस्कृति, योग तथा सामाजिक सेवामूलक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्