दिव्य शताब्दी पुरुष गौरीशंकर लाल दासको योगदान भावी पुस्तासम्म पु¥याउनु पर्छ : गगन थापा

<span class='c1'>दिव्य शताब्दी पुरुष गौरीशंकर लाल दासको योगदान</span> <span class='c2'>भावी पुस्तासम्म पु¥याउनु पर्छ : गगन थापा</span>

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समाजसेवा र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन योगदान पु¥याएका दिव्य शताब्दी पुरुष गौरीशंकर लाल दासको योगदानलाई भावी पुस्तासम्म पु¥याउनुपर्ने बताएका छन् ।

गौरीशंकर लाल दासको रथारोहण एव सुवार्णपुरा सम्मानमा समारोहमा बोल्दै उनले गौरीशंकर लाल दासको दीर्घायुको कामना गर्दै स्वास्थ्य सेवामार्फत समाजलाई पु¥याएको योगदान सधैं स्मरणीय रहने बताए । उनले भावी पुस्ताले पनि आफ्नो गाउँ र समाजलाई गौरीशंकर लाल दासजस्ता समाजसेवी व्यक्तित्वको कर्मभूमिका रूपमा चिन्ने वातावरण बनाउनुपर्ने बताए । उनले सिराहाबाट स्वास्थ्य सेवामार्फत लामो समयसम्म समाजको सेवा गर्दै सकारात्मक सोच र प्रेरणादायी जीवन बिताएका दासको योगदानलाई संरक्षण र सम्मान गर्न सबैले भूमिका खेल्नुपर्ने बताए । यसैगरी, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले वरिष्ठ चिकित्सक तथा समाजसेवी गौरीशंकर लाल दासले नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान ऐतिहासिक रहेको बताएकी छन् ।

डंगोलले वीर अस्पतालमा चिकित्सकीय सेवासँगै प्रशासनिक नेतृत्वसमेत सम्हालेर उनले स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताइन् । उनले नेपालको पहिलो दीर्घकालीन स्वास्थ्य सेवा योजना (लङ टर्म हेल्थ केयर) गौरीशंकर लाल दासकै नेतृत्वमा भएको उल्लेख गरीन् । उनले अहिलेको स्वास्थ्य सेवा विस्तार त्यही योजनाको आधारमा अघि बढिरहेको बताइन् । डंगोलले चिकित्सा क्षेत्रसँगै मानव अधिकार, नेपाल रेडक्रसलगायत विभिन्न सामाजिक संस्थामार्फत गौरीशंकर लाल दासले योगदान पु¥याएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्