अभिषेक गिरी कनेक्सनका सन्जय मण्डल, सहकारीको रकम अपचलन गरे–कार्यालय सहयोगी फसाए

<span class='c1'>अभिषेक गिरी कनेक्सनका सन्जय मण्डल, सहकारीको</span> <span class='c2'>रकम अपचलन गरे–कार्यालय सहयोगी फसाए</span>

विराटनगर । मोरङ कारागाराका कैदीबन्दीले पाउने सुविधा असुल गर्दै आएका अभिषेक गिरी र उनको ग्याङमा रहेकामध्ये सन्जय मण्डलले कटहरी–२ को एक परिवारलाई बसाँई सर्न बाध्य बनाएका छन् । स्थानीय नवआदर्श बचत तथा ऋण सहकारीका सञ्चालक समेत रहेका मण्डल तथा अन्य सञ्चालकले सहकारीमा आफ्नो राँईदाई चलाएर अपचलन भएको रकम भने कार्यालय सहयोगीको नाममा थोपरिदिएका हुन् ।

यतिसम्मकी सहकारीमा फसाएर कारागार पु¥याएका उनै व्यक्तिलाई कारागार भित्र समेत उतिकै सताउने गरिएको छ । कारागारमा हुँदा पैसादेखि उनका बुबाको नर्सरीबाट बिरुवा समेत माग्न दवाव दिने गरिएको छ । जुन बिरुवा अभिषेक गिरीको सामाजिक कार्यका लागि प्रयोग हुने गर्दथ्यो । कारागारमा सलामीस्वरुप पैसा लिने गिरीको सामाजिक अभियानका लागि त्यसका सदस्य सन्जय मण्डलले बिरुवा समेत मगाउने गरेका हुन् ।

कार्यालय सहयोगीको रुपमा २०७३ सालमा नव आदर्श सहकारीमा नियुक्त भएका उमेशकुमार मण्डल अहिले रकम अपचलन मुद्दामा मोरङ कारागारमै छन् । त्यो सहकारीको सञ्चालकमध्ये एक सन्जय मण्डल थिए । जो अहिले अभिषेक गिरीको खचान्जीको रुपमा पक्राउ परेर अनुसन्धान प्रक्रियामा रहेका छन् । सन्जय मण्डलसहितका सञ्चालकले कार्यालय सहयोगीको रुपमा नियुक्त भएका  थिए । त्यस बाहेक अन्य कुनै जिम्मेवारी थिएन ।
सहकारीमा हुँदा कार्यालय सहयोगीले अन्य प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्न सक्ने अवस्था नै रहँदैन । तर, बचतकर्ताको विवरण अद्यावधिक गर्ने, शेयर निस्कासन गर्ने, बचत रकम संकलन गर्ने, ऋण लगानी गर्ने र असुली गर्ने जस्ता काम समेत गर्ने गरेको आरोप लगाउँदै उनी विरुद्ध झुट्टा आरोपमा मुद्दा स्थापीत गरिएको पीडितका बुबा शम्भुप्रसाद मण्डलको दावी छ । सन्जय मण्डलले अभिषेक गिरीको नाम लिएरै मुद्दामा दोषी भएको परिवारलाई गाउँबाट बसाँई हिडाएको खुलेको छ ।
‘कार्यालय सहयोगीले न त प्रशासनिक कार्य गर्दथ्यो, न त ऋण लगानी र असुली तर बचतकर्ताको विवरण अद्यावधिक गर्ने र त्यहिबेला रकम अपचलन गरेको मुद्दा लगाइयो’ पीडितका बुबा शम्भुप्रसादले भने–गृहमन्त्रीलाई भेट्न चाहन्थे, आएको थाहा पाइन ।

सहकारीका अध्यक्ष किशोरकुमार पाण्डे र कर्मचारी भविश्वर न्यौपानेले गर्ने कामको जिम्मेवारी आफ्नो छोरालाई थोपरेर जर्बरजस्ती कारागारको बास बनाएको उनी सुनाउँछन् । कारागारमा कैद भुक्तान गरिरहेका उमेशका बुबा शम्भु भने नर्सरी चलाएर गरि खाँदै आएका छन् । कटहरीमा बस्न नदिएपछि उनी अहिले टंकीसिनवारीमा भाडाको जग्गा लिएर नर्सरी सञ्चालन गरिरहेको सुनाउँछन् ।
शम्भुका अनुसार २०७९ असार ३२ गते साधारणसभा हुँदासम्म कुनैपनि कुरा थिएन । त्यसपछि संस्थाका कोषाध्यक्ष तथा ऋण परिचालन समितिका सदस्य किशोरकुमार भट्राईको संयोजकत्वमा समिति गठन भएको थियो । उक्त समितिले प्रतिवेदन तयार पारेको आधारमा छोरामाथि मुद्दा चलेको हो । यद्यपी समितिको छानविनसँगै गरिएको लेखापरीक्षण प्रतिवेदनमा भने सञ्चालकहरुले सहकारीबाट रित नपु¥याईकन ऋण लिएको उल्लेख छ ।

संस्थाको रकम हिनामिना गरेको ठहरपछि कारागार चलान भएका उनले आफ्नो संलग्नता देखाउन भएको प्रहरी अनुसन्धान नै त्रुटीपूर्ण रहेको भन्दै सहकारीका अध्यक्ष किशोरकुमार पाण्डे विरुद्ध अदालतको सहारा लिएर प्रहरीमा जाहेरी दर्ता गराएका थिए । तर, सञ्चालकहरुमाथि समेत अनुसन्धान हुनुपर्ने माग गर्दै दायर गरिएको मुद्दा भने जिल्ला सरकारी वकिल तामेलीमा राखिएको थियो ।
उमेश व्यवस्थापक रहेको भनिएको सहकारीको रकम मनोमानी ढंगबाट सञ्चालकहरुको नाममा गएको देखिन्छ । संस्थाका अध्यक्ष किशोर पाण्डे र उनकी श्रीमती रेखा पाण्डे, यम सुवेदी र उनको आदर्श होटलको नाममा, किशोर भट्टराई, इन्दिरा उप्रेती, मातृकाप्रसाद भट्टराई, रमेश भट्टराई, सन्जय मण्डल, कर्मचारी भबिश्वर न्यौपाने र निर्मला भण्डारीको समेतको नाममा गएको रकममा तमसुक तथा गोश्वारा भौचर समेत नभेटिएको लेखा परीक्षक प्रतिवेदनले नै देखाएको थियो ।

कारागारबाटै मण्डलले दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय मोरङको कसूर किताबमा मुद्दा नम्बर ३१० (मिति २०८०\०८\०६) मा हुलाकमार्फत दर्ता भएको थियो । यद्यपी जाहेरी दर्ता भएपनि सहकारीका अध्यक्ष पाण्डेसहित सञ्चालकले पहुँचको प्रयोग गरेका कारण प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान नगरेको ठहर गर्दै उच्च अदालत विराटनगरले जिल्ला प्रहरी कार्यालयलाई अनुसन्धान गर्न आदेश समेत गरेको थियो ।
मण्डलको जाहेरी अनुसार यथाशिघ्र अनुसन्धान गर्नु भन्दै २०८१ असोज १४ गते विपक्षी जिल्ला प्रहरी कार्यालय मोरङ विरुद्ध आदेश जारी गर्ने फैसला गरेको थियो । यसको जानकारी २०८१ मंसिर ९ गते जिल्ला प्रहरी कार्यालयमा दर्ता गराइएको छ । अदालतले अनुसन्धान गर्नुपर्ने ठहर गर्दै दिएको आदेशलाई समेत प्रहरीले वेवास्ता गर्दा छोरा कारागार जानु परेको बुबा शम्भुप्रसादको आरोप छ । अहिले मण्डल जिल्ला अदालत मोरङको फैसला अनुसार कारागारमा कैद भुक्तान गरिरहेका छन् भने बुबाले उनी निर्षोद रहेको दावी गर्दै उच्च अदालतमा पुनरावेदन दिएका छन् । मुद्दा विचराधीन रहेको छ ।
मण्डल विरुद्ध सहकारीको रकम ठगी कसुरमा २०८० साउन २२ गते मोरङ जिल्ला अदालतमा अभियोगपत्र दायर भएको थियो ।

मण्डल नव आदर्श बचत तथा ऋण सहकारी संस्था लि.कटहरी २ को २०७३ साल भदौ महिनाको विज्ञापनबाट कार्यालय सहयोगी तृतिय पदमा नियुक्त भएको देखिन्छ । उनी विरुद्ध २०७९ फागुनमा २९ मा मौखिक उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहार मुद्दामा ५००० हजार धरौटी आदेश भएको थियो । त्यहि दिन उनलाई पुनः पक्राउ गरिएको थियो । त्यसपछि ठगी मुद्दामा अनुसन्धान गरिएको थियो । तर, २०७७÷०७८ देखि २०७८÷०७९ सम्म अडिट रिपोर्ट तथा कर चुक्ता भएको देखिएपनि मुद्दा नचल्ने भनेर छोडिएको थियो ।
त्यसपछि संस्थाका सञ्चालकहरुले पिडिएस एण्ड एसोसिएट नामक लेखा परीक्षक संस्थाबाट अडिट गराएर हिनामिना भएको रकमको प्रतिवेदन तयार पारेका थिए । स्थापना कालदेखि १ करोड १५ लाख ८७ हजार ४५४ अनिमितता देखिएपछि मण्डललाई पुनः पक्राउ गरेर अनुसन्धान गरिएको थियो । मण्डलले कार्यालय सहयोगीको रुपमा नियुक्त भएको कर्मचारीले सहकारी स्थापना गर्दादेखि नै रकम अपचलन गरेको भन्ने प्रतिवेदन त्रुटीपूर्ण रहेको दावी गर्दै आएका छन् ।

सहकारीका व्यवस्थापक भनिएका मण्डलले नियुक्तिपत्र नलिइकनै व्यवस्थापकको तहको जिम्मेवारीको मुद्दा बेहोर्नुको पछाडी अभिषेक गिरी ग्याङ्गकै बाहुबली न्याय रहेको बुबा शम्भुप्रसादको आरोप छ । कार्यालय सहयोगीको नियुक्त पाएका व्यक्तिलाई सबै रकम अपचलन गरेको भनि दोषी करार गरिएकोले यस विषयमा उनका बुबा सरकारका गृहमन्त्रीसँग भेट्न चाहेको सुनाउँछन् ।
पीडितका बुबा शम्भुप्रसादका अनुसार राज्यका सबै निकायमा उजुरी दिदाँ समेत छानविन नभएपछि सानाको ऐन सम्झेर बसिरहेको सुनाउँछन् । अहिले कारागार भित्रको घटना बाहिर आएपछि उनले आफ्नो छोराले बारम्बार घरबाट किन रकम माग्दो रहेछ भन्ने बल्ल थाहा पाएको बताए । त्यति मात्रै नभई बारम्बार फलफूल तथा फूलका बिरुवा छोराले माग्नुको रहस्य समेत अहिले खुलेको उनी बताउँछन् । उनी भन्छन्–छोरालाई कारागारमा भेट्दा बोल्न मान्दैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्