विराटनगरमा ‘कोरा च्यालेन्ज २०२६’ को तयारी, १५० जना सहभागी लिइने

<span class='c1'>विराटनगरमा ‘कोरा च्यालेन्ज २०२६’ को</span> <span class='c2'>तयारी, १५० जना सहभागी लिइने</span>

विराटनगर आगामी जुलाई १८ मा फेरि एकपटक ऊर्जा र उत्साहले भरिने भएको छ। ‘कोरा च्यालेन्ज २०२६’ ले यसपटक केवल साइकलिङ मात्र होइन, सामाजिक जिम्मेवारीको सन्देश बोकेर सडकमा गुड्ने तयारी गरेको छ।

नेपालकै सबैभन्दा ठूलो परोपकारी साइकलिङ अभियानका रूपमा परिचित कोरा सन् २०११ देखि वातावरण संरक्षण, दिगो यातायात र सामाजिक सेवामा प्रेरणा दिँदै आएको छ। यस वर्षको कार्यक्रम पेडल विराटनगर र नेपाली युवा उद्यमी मंच विराटनगरको सहकार्यमा आयोजना हुँदैछ।

करिब १०० भन्दा बढी साइकलयात्रीले २५ किलोमिटर यात्रा तय गर्नेछन्, जसको सुरुवात होटल स्वागतबाट भई शहरका मुख्य क्षेत्र हुँदै पुनः त्यहीँ समापन हुनेछ।

तर, यसपटकको विशेषता अझ अर्थपूर्ण छ आवश्यकतामा रहेका विद्यार्थीहरूका लागि जुत्ता खरिद अभियान सञ्चालन गरिनेछ। अनलाइन र प्रत्यक्ष सहयोगबाट उठेको रकम पारदर्शी रूपमा प्रयोग गरिने आयोजकले जनाएको छ।

देशभर र विश्वभर एकैदिन मनाइने यो अभियानले हजारौं मानिसलाई एउटै उद्देश्यमा जोड्दै सकारात्मक परिवर्तनको सन्देश फैलाइरहेको छ।

सीमित सहभागितालाई ध्यानमा राख्दै यस कार्यक्रममा करिब १५० जना मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ, जसले यसको आकर्षण झनै बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्