विराटनगर । विराटनगरमा रहेको भाटभटेनी सुपरमार्केट झण्डै १० महिनापछि पुन सचालनमा आउने तयारी रहेको छ । २०८२ साल भदौ २४ गते भएको जेन्जी आन्दोलनमा तोडफोड तथा आगजनीबाट ध्वास्त भएको सुपरमार्केट पुन निर्माणपछि यही असार २७ गते शनिबार औपाचारीक रुपमा संचालनमा आउने तयारी छ ।

उक्त आगनजीमा एक प्रदर्शनकारीको समेत ज्यान गएको थियो भने अर्बौको घाटा व्यहोर्नुपरेको थियो । यसैक्रममा भाटभटेनी सुपरमार्केटले सोमबार विहान पुजापाट गरी गृह प्रवेश गरेको छ ।

भाटभटेनी सुपर मार्केटकी निर्देशक सावित्री घले गुरुङ तथा उनका छोरा बुहारी , भाटभटेनीका बजार व्यावस्थापक विनोद भटराई, तथा विराटनगर शाखाका प्रमुख पर्शुराम तिमिल्सीना लगायत १४ जना ब्रामहणको सयुक्त पुजापाठ ,हवन तथा स्वस्ती शान्तिबाट भवनको सुभारम्भ गरिएको थियो ।

जेन्जी अन्दोलनमा खरानीबाट उठेको भाटभटेनीलाई आज यो उचाईमा पुर्याउने भवन निर्माणका मजदुर , ईन्जिनियर तथा कर्मचारीलाई सम्मान समेत गरिएको थियो । यता भाटभटेनी सुपरमार्केट सचालनमा आएसँगै अधिकास कर्मचारीहरु हर्षित र खुशी देखिएका छन् ।