कार्यक्रमममा बोलाएर मन्त्रीहरुले आफ्नो समस्याहरु नसुनेको भन्दै सहभागीहरुको आक्रोस

<span class='c1'>कार्यक्रमममा बोलाएर मन्त्रीहरुले आफ्नो समस्याहरु</span> <span class='c2'>नसुनेको भन्दै सहभागीहरुको आक्रोस</span>

विराटनगर । प्रदेश खेलकुद बोर्ड कोशीले मंगलबार विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्तव्य दिएर मन्त्रीहरू बाहिरिएपछि खेलकुद क्षेत्रका व्यक्तिहरूले असन्तुष्टि जनाउदै आक्रोस पोखेका छन् ।


्विराटनगरको कंचनजङ्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा कोशी प्रदेशका खेलकुद क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्व तथा निजी क्षेत्रका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि पूर्वाधारमन्त्री प्रदीपकुमार सुनुवार, विशिष्ट अतिथिका रूपमा भूमि व्यवस्था तथा कृषिमन्त्री इस्मायल अन्सारी तथा अध्यक्षका रूपमा सामाजिक विकासमन्त्री रामप्रसाद मेहताको उपस्थिति रहेको थियो ।


कार्यक्रमको सुरुवातमै तीनै मन्त्रीले आ(आफ्नो मन्तव्य राखेपछि कार्यक्रमस्थलबाट बाहिरिएका थिए। त्यसलगत्तै विराट गोल्ड कप फुटबल ट्रस्टका अध्यक्ष किशोर शाहीले मन्त्रीहरू नै उठेर हिँडेपछि सहभागीहरूले आफ्ना समस्या र सुझाव कसलाई राख्ने भन्दै आपत्र् िजनाए।

शाहीले निजी क्षेत्रसँग खेलकुदसम्बन्धी धेरै गुनासा र सुझाव रहेको उल्लेख गर्दै मन्त्रीहरू बसेर ती कुरा सुन्नुपर्ने बताए। त्यसपछि हलभित्र केहीबेर होहल्ला भएको थियो। अन्य सहभागीहरूले पनि मन्त्रीहरू कार्यक्रमभर उपस्थित भएर खेलकुद क्षेत्रका सरोकार सुन्नुपर्ने माग गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्