कटहरीको छ किलोमिटर हुलाकी सडकमा अभिषेकलाई लाभैलाभ

<span class='c1'>कटहरीको छ किलोमिटर हुलाकी</span> <span class='c2'>सडकमा अभिषेकलाई लाभैलाभ</span>

विराटनगर । हुलाकी राजमार्ग अन्तर्गत मोरङको कटहरी गाउँपालिका भित्रको ६ किलोमिटर सडक निर्माणको जिम्मेवारी श्रेष्ठ कष्ट्रक्सनको थियो । हाटखोलाको सिंघीया पुलदेखि कटहरी गाउँपालिकाको नयाँ बजारसम्मको सडकको अवस्था अहिलेसम्म हालत छ । हिडुडुल गर्न सक्ने अवस्था छैन । बिजोग र सास्ती छ ।

यहाँका स्थानीयले सास्ती खेपिरहनु परेको सडक, समयमै निर्माण नभएको भनेर सरकारको आलोचना हुने गरेको छ । हाटखोला–नयाँबजारको छ किलोमिटरमा २०७६ सालदेखि श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्रा.ली. जिम्मेवार छ । तर, ठेक्का सम्झौता गरेको सातवर्षसम्म पनि यसको प्रगती २२ प्रतिशत मात्रै छ । मोरङमा हुलाकी राजमार्गले समेटिने ४४ किलोमिटर दुरीमध्ये कटहरीको ६ किलोमिटर अहिलेसम्म भद्रगोल हुनुको पर्दा पछाडीको भिलेन भने उनै अभिषेक गिरी रहेको खुलेको छ ।

२०७६ सालमा दुई वर्ष भित्र काम सक्ने भन्दै ठेक्का लिएको श्रेष्ठ कन्ट्रक्सनले ६ किलोमिटर छिचोल्न विभिन्न पेटी ठेक्का लगायो । त्यसमध्ये भुपाल श्रेष्ठ र अभिषेक गिरीले अलग अलग समयमा पाए । तर, काम भने भएन । अर्थात् श्रेष्ठ कन्ट्रक्सन जसले सडक निर्माण गर्नुपर्ने कहिल्यै फिल्डमा आउन सकेन । उसले काम गर्न दिएको ठेकेदारलाई समेत टिक्न नदिएपछि गिरी आफैं यसको ठेक्दार भएका थिए । गिरीले ठेक्का नै कब्जा गरेको खुलेको छ ।

तर, उनले सडक निर्माणको काम गरेनन् । बरु ठेक्दारको सर्वस्वहरण गर्नतिर लागे । श्रेष्ठ कन्ट्रक्सनका सुभास श्रेष्ठलाई जर्बरजस्ती नियन्त्रणमा लिएर अभिषेकले ठेक्का छिनेका थिए । गिरीको आर.सी.सप्लायर्स कन्स्ट्रक्सन प्रा.लि.मार्फत काम सक्ने भनेर लिएपनि काम रोकेर सधैं बार्गेनिङमा उत्रन्थे ।
त्यति मात्रै नभई गिरीले पाउने १८ लाख रुपिँयाका लागि श्रेष्ठको काठमाण्डौंमा रहेको चार करोड बढीको घरजग्गा समेत राजीनामा पास गराउन लगाएको खुलेको छ । त्यस बाहेक श्रेष्ठका तीनवटा गाडी समेत कब्जा गरेको खुलेको छ । कब्जा गरेकोमध्ये एउटा जेसिबी भने सन्जय मण्डलले प्रयोग गर्दै आएको हुनसक्ने आशंका गरिएको छ । खोला उत्खनन्मा मापदण्ड मिचेपछि कटहरी गाउँपालिकाले नियन्त्रणमा लिएको एउटा जेसिबीको कागजात मण्डलसँग नभेटिएपछि त्यसको विवाद अहिलेसम्म टुङ्गिएको छैन ।

गिरीलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएर अपराधिक लाभमा अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालय मोरङले अदालतमा अभियोग दर्ता गरेको थियो । अपराधिक लाभ कसूर मुद्दामा उनलाई थुना बाहिर राखेर अनुसन्धान गर्न मोरङ जिल्ला अदालतले सोमबार आदेश गरेको थियो । त्यस लगतै उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको नियन्त्रणमा पर्नुको कारण नै उनै श्रेष्ठ कन्ट्रक्सन कम्पनीका सुभास श्रेष्ठलाई नियन्त्रणमा लिएर जायजेथा कब्जा गरेको आरोप छ । गिरी विरुद्ध जर्बरजस्ती ठेक्का कब्जा गरेको, ठेक्का सम्झौता अवधीमा काम सम्पन्न नहुँदा व्यवसायीलाई हानी नोक्सानी पुगेको, निर्माण कम्पनीको सवारी साधन निइन्त्रणमा लिएको र कवाडीमा बिक्री गरेको, काठमाण्डौंका घरजग्गा राजीनामा पास गराएको जस्ता आरोप छ । सिआइबीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक अनुपम जबराद्वारा विज्ञप्तीमा गिरी विरुद्ध ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा अनुसन्धान हुने छ । जसका लागि सोमबार नै काठमाण्डौं जिल्ला अदालताट पक्राउ पूर्जी जारी गरेर अनुसन्धान थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्