रक्तसञ्चार केन्द्र विराटनगरको विकल्प बिना भवन खाली नगराउन आग्रह

<span class='c1'>रक्तसञ्चार केन्द्र विराटनगरको विकल्प बिना</span> <span class='c2'>भवन खाली नगराउन आग्रह</span>

सोनु साह
विराटनगर । नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाले कोशी अस्पताल परिसरमा सञ्चालन भइरहेको प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रलाई विकल्पको व्यवस्था नगरी भवन खाली गराउन नहुने भन्दै सबै सरोकारवाला निकायसँग सहयोग र ऐक्यबद्धताको अपिल गरेको छ। बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा शाखाले कोशी अस्पताल व्यवस्थापन समितिले अस्पताल परिसरभित्र रहेका संरचना खाली गर्न जारी गरेको ७ दिने सूचनापछि रक्तसञ्चार सेवा सञ्चालन अन्योलमा परेको जनाएको हो।

रेडक्रसले रगतको कुनै कृत्रिम विकल्प नभएको उल्लेख गर्दै दुर्घटना, शल्यक्रिया, प्रसूति, क्यान्सर, थालासेमिया, रक्तअल्पता लगायतका बिरामीको उपचारका लागि समयमै सुरक्षित र गुणस्तरीय रगत उपलब्ध गराउनु अत्यन्त आवश्यक रहेको जनाएको छ। रगत अभावका कारण बिरामीको ज्यान जोखिममा पर्न सक्ने भएकाले रक्तसञ्चार सेवा मानवताको सबैभन्दा संवेदनशील सेवामध्ये एक भएको विज्ञप्तिमा उल्लेख छ। नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाले सञ्चालन गर्दै आएको प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रले लामो समयदेखि कोशी अस्पताल परिसरबाट सेवा प्रदान गर्दै आएको छ। यस केन्द्रमार्फत दैनिक रूपमा बिरामीलाई परीक्षण गरिएको सुरक्षित र गुणस्तरीय रगत उपलब्ध गराइँदै आएको तथा हालसम्म लाखौं बिरामीले सेवा लिएको र हजारौं स्वयंसेवी रक्तदाताले नियमित रक्तदान गर्दै मानव जीवन बचाउने अभियानमा योगदान पुर्‍याएको रेडक्रसले जनाएको छ।

पत्रकार सम्मेलनमा रेडक्रसले रक्तसञ्चार सेवा कुनै व्यावसायिक गतिविधि नभई पूर्ण रूपमा मानव सेवामा आधारित अभियान भएको उल्लेख गर्दै यसको निरन्तरता, गुणस्तर र जनविश्वास कायम राख्न सरकार, स्वास्थ्य संस्था, नागरिक समाज, सञ्चारमाध्यम तथा सबै सरोकारवाला पक्षको साथ आवश्यक रहेको बताएको छ। रेडक्रसले रक्तसञ्चार सेवा अवरुद्ध हुने अवस्था सिर्जना हुन नदिन सम्बन्धित निकायबीच समन्वय र सहकार्य गर्न आग्रह गर्दै उपयुक्त वैकल्पिक स्थानको व्यवस्था गरेपछि मात्र रक्तसञ्चार केन्द्र रहेको भवन खाली गराउने व्यवस्था मिलाउनुपर्ने माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्