विराटनगरमा युवा पोखरीमा वेपत्ता प्रकरण : ३ दिनपछि शव फेला, सुरक्षकर्मीद्धारा उद्धार कार्य जारी

<span class='c1'>विराटनगरमा युवा पोखरीमा वेपत्ता  प्रकरण : ३</span> <span class='c2'>दिनपछि शव फेला, सुरक्षकर्मीद्धारा उद्धार कार्य जारी</span>

विराटनगर । प्रतिवन्धीत लागुऔषध गाँजा बोकेर भारततर्फ भाग्ने क्रममा ३ दिनदेखी पोखरीमा वेपत्ता भएका एक किशोरको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय रानीको टोलिले गत बुधबार विहान गाँजासहित मोटरसाइकलमा गइरहेका दुईजना व्यक्तिलाई पिछा गर्ने क्रममा विराटनगर १८ का १८ बर्षिय मन्जित यादव पोखरीबाट भाग्ने क्रममा वेपत्ता भएका थिए । विराटनगर १८ स्थित आईसीपी जानेबाटोको पोखरीमा वेपत्ता भएका यादवको विगत ३ दिनदेखी खोजीकार्य तिव्र बनाईएको थियो ।

कतिपयले भारत तर्फ भागेको आशंका गरेका थिए भने कतिपयले पानीमा नै डुबेको भन्दै खोजी कार्य गर्न सुनसरी जिल्लाबाट आएको शसस्त्र प्रहरीको गोताखोरको टोलीले खोजी कार्यलाई निन्तरता दिएको थियो । बुधबार र बिहीबार साँझ सम्म पनि पत्ता लाग्न सकेको थिएन । दुई सम्म पनि फेला नपरेपछि उनको शव आज विहान पानीमाथी तौरिएको अवस्थामा फेला परेको स्थानियवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना स्थलमा अहिले शसस्त्र प्रहरी नेपाल प्रहरीको टोली पुगेर शवलाई निकाल्ने प्रयास भईरहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो। शवको उद्धारपछि पोष्टमार्टमको लागि कोशी अस्पताल ल्याईने तयारी रहेको प्रहरीले जनाएको छ ।

यसैविच प्रहरीले उत्त दिन भारतीय नागरिक ४१ बर्षिय शिवधर यादवलाई नियन्त्रणमा लिएको थियो भने , मोटरसाईकल छोडेर भाग्ने क्रममा पोखरीबाट भाग्ने क्रममा वेपक्ता भएका थिए । उनीहरुको साथबाट प्रहरीले ७ केजी गाँजा समेत बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्