विराटनगरमा प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्ने २६ जना नियन्त्रणमा

<span class='c1'>विराटनगरमा प्रहरी कार्यालय अगाडि प्रदर्शन</span> <span class='c2'>गर्ने २६ जना नियन्त्रणमा</span>

विराटनगर, असार २८ – जिल्ला प्रहरी कार्यालय मोरङले रातिको समयमा जिल्ला प्रहरी कार्यालयको मूलगेट अगाडि भेला भई धर्ना, नाराबाजी तथा सडक अवरोध गरेको आरोपमा २६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार शनिबार राति करिब ११:३० बजे काठमाडौंको कीर्तिपुरस्थित होल्डिंग सेन्टर भएको घटनाको विरोधमा २५/३० जनाको समूह जिल्ला प्रहरी कार्यालय मोरङ अगाडि भेला भएको थियो।

उनीहरूले धर्ना बस्दै सडक अवरुद्ध गर्नुका साथै प्रहरीको कामकारबाही र सवारी आवतजावतमा अवरोध पुर्याएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले १७ देखि २८ वर्ष उमेर समूहका २६ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ। पक्राउ परेकामध्ये अधिकांश विराटनगर महानगरपालिका तथा मोरङ र सुनसरीका विभिन्न स्थानका रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक शान्ति, सुरक्षा र यातायात व्यवस्थामा अवरोध पुर्याउने गतिविधि नगर्न सबैलाई आग्रह गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्