विराटनगरमा ‘मिस्टर एण्ड मिस टिन’ फाइनल आज

<span class='c1'>विराटनगरमा ‘मिस्टर एण्ड मिस</span> <span class='c2'>टिन’ फाइनल आज</span>

विराटनगरमा किशोर–किशोरीहरूको प्रतिभा, आत्मविश्वास र व्यक्तित्व विकासमा केन्द्रित ‘मिस्टर एण्ड मिस टिन विराटनगर’को फाइनल आज आयोजना हुँदैछ। कार्यक्रम आज विराटनगर–हाटखोला स्थित आरोहण गुरुकुलमा साँझ ५ बजे सम्पन्न हुने आयोजकले जनाएको छ।

१३ देखि १८ वर्ष उमेर समूहका सहभागीहरूका लागि आयोजना गरिएको यस प्रतियोगितामा ८ जना फाइनलिस्ट , संगीत गौतम, सुजाश्वी चापागाईं, रिशान्त घिमिरे, संस्कृती शर्मा, सापेक्ष्या श्रेष्ठ, संस्कार शर्मा, बादल पासवा र आर्या बस्नेत बीच उपाधिका लागि प्रतिस्पर्धा हुने छ।

कार्यक्रम रोणक फेसन एजेन्सीद्वारा आयोजना तथा ताज इभेन्ट्स नेपालद्वारा व्यवस्थापन गरिएको हो। कार्यक्रमको संयोजन पिन्टु सान्यालले गरेका छन् भने व्यवस्थापन टिममा निशान कार्की, ऐश्वर्या ढुंगेल, प्रनिशा तिम्सिना र विप्लव प्रधान रहेका छन्।

प्रतियोगिताले सहभागीहरूमा प्रतिभा, नेतृत्व क्षमता, अनुशासन र सकारात्मक सोच विकास गर्ने उद्देश्य लिएको आयोजकको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्