विराटनगरमा पक्राउ परेका २६ युवा अभिभावकको जिम्मा लगाएर रिहा

<span class='c1'>विराटनगरमा पक्राउ परेका २६ </span> <span class='c2'>युवा अभिभावकको जिम्मा लगाएर रिहा</span>

विराटनगर । जेन्जी अभियन्ता माजिद अन्सारीको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय मोरङ अगाडि धर्नामा बसेका क्रममा पक्राउ परेका २६ जना युवालाई प्रहरीले रिहा गरेको छ।

मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालका अनुसार आइतबार बिहान उनीहरूलाई कागज गराई अभिभावकको जिम्मा लगाएर छाडिएको हो।

एसपी कटुवालले धर्नाका कारण जिल्ला प्रहरी कार्यालयको मुख्य प्रवेशद्वार अवरुद्ध भएपछि हट्न आग्रह गरिएको तर नमानेपछि शनिबार राति नियन्त्रणमा लिनुपरेको बताए। उनका अनुसार बिहान सम्झाइबुझाइका क्रममा उनीहरूले आगामी दिनमा यस्ता गतिविधि नदोहोर्‍याउने प्रतिबद्धता जनाउँदै माफी मागेपछि अभिभावकको जिम्मा लगाएर रिहा गरिएको हो।

यसअघि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी डुबानमा परेको घटनापछि उनीहरूलाई भेट्न पुगेका अभियन्ता माजिद अन्सारीसहितका युवासँग प्रहरीको विवाद भएको थियो। सोही क्रममा प्रहरीको कुटपिटबाट अन्सारी घाइते भएको आरोप लगाइएको छ।

उक्त घटनाको विरोध गर्दै शनिबार राति करिब ९ बजेदेखि विराटनगरका युवाहरू जिल्ला प्रहरी कार्यालय मोरङको गेट अगाडि धर्नामा बसेका थिए। धर्नाका क्रममा प्रहरीले २६ जनालाई नियन्त्रणमा लिएको थियो, जसलाई आइतबार बिहान रिहा गरिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्