विराटनगर ।
प्रदेशमै पहिलोपटक ‘रियल प्लेन मोकअप’ (Real Plane Mock-up) सहित सञ्चालनमा रहेको गीता एभिएसन विराटनगरले एभिएसन क्षेत्रमा आवश्यक दक्ष तथा व्यावसायिक जनशक्ति उत्पादन गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको जनाएको छ।
करिब दुई वर्षदेखि विराटनगरमा सञ्चालनमा रहेको संस्थाले एयर होस्टेस (क्याबिन क्रु) तथा एयरपोर्ट ग्राउन्ड ह्यान्डलिङ सम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ। संस्थाका अनुसार गुणस्तरीय प्रशिक्षणसँगै व्यावहारिक सिकाइलाई प्राथमिकता दिँदै विद्यार्थीलाई रोजगारीका लागि सक्षम बनाउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएका छन्।
विद्यार्थीहरूलाई वास्तविक कार्य वातावरणसँग परिचित गराउने उद्देश्यले तालिम प्याकेजमै निःशुल्क मोक इन्टरभ्यु, निःशुल्क करियर काउन्सिलिङ, एयरपोर्ट भिजिट, पेड इन्टर्नशिप, जुम्बा कक्षा तथा स्विमिङ प्रशिक्षण जस्ता सुविधा समावेश गरिएको संस्थाले जनाएको छ।
संस्थाले हालसम्म आफ्ना दुई ब्याचका विद्यार्थीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सफलतापूर्वक पेड इन्टर्नशिपका लागि पठाइसकेको छ। साथै, तालिम पूरा गरेका विद्यार्थीलाई एभिएसन क्षेत्रमा रोजगारीसँग जोड्न जब प्लेसमेन्ट प्रक्रिया समेत अगाडि बढाइएको जनाएको छ।
छोटो अवधिमै गुणस्तरीय तालिम, व्यावहारिक अनुभव, इन्टर्नशिप तथा करियर विकासका अवसर उपलब्ध गराउँदै गीता एभिएसनले विद्यार्थी र अभिभावकमाझ विश्वासिलो शैक्षिक संस्थाका रूपमा आफ्नो पहिचान स्थापित गरेको दाबी गरेको छ।
आगामी दिनमा पनि दक्ष, अनुशासित तथा रोजगारमुखी जनशक्ति उत्पादन गर्दै नेपालको एभिएसन क्षेत्रको विकासमा योगदान पुर्याउने लक्ष्यसहित संस्थाले आफ्नो सेवा विस्तारलाई निरन्तरता दिने जनाएको छ।
संस्थाका अनुसार "गुणस्तरीय तालिम, व्यावहारिक अनुभव र सफल करियरतर्फको पहिलो पाइला" भन्ने नारालाई आत्मसात् गर्दै गीता एभिएसनले युवा पुस्तालाई एभिएसन क्षेत्रमा सफल करियर निर्माणका लागि आवश्यक ज्ञान, सीप र अवसर प्रदान गर्दै आएको छ।