जोगबनीबाट लागूऔषध सेवन गरेर फर्किने युवालाई मोरङ प्रशासनको कसम र प्रतिबद्धता अभियान

<span class='c1'>जोगबनीबाट लागूऔषध सेवन गरेर फर्किने युवालाई</span> <span class='c2'>मोरङ प्रशासनको कसम र प्रतिबद्धता अभियान</span>

प्रेम देवान
विराटनगर । भारतको जोगबनीबाट लागूऔषध सेवन गरेर फर्किने युवालाई मोरङ प्रशासनको कसम र प्रतिबद्धता अभियान जोगबनी पुगेर लागूऔषध सेवन गरी नेपाल फर्किने युवाको संख्या बढ्दै गएपछि मोरङ प्रशासन र प्रहरीले उनीहरूलाई लक्षित गर्दै परामर्श तथा प्रतिबद्धता कार्यक्रम सञ्चालन गरेका छन् ।
विराटनगर–१६ स्थित रानी दक्षिणगेटको हुलासचोक क्षेत्रमा दैनिकजसो भारतको जोगबनीबाट लागूऔषध सेवन गरेर फर्किने युवाहरू भेटिने गरेका छन् । खुला नेपाल–भारत सीमाको दुरुपयोग गर्दै केही नेपाली युवाहरू जोगबनी पुगेर प्रतिबन्धित लागूऔषध सेवन गरी फर्किने गरेको सुरक्षा निकायको भनाइ छ ।

कोशी प्रदेश प्रहरी कार्यालयले प्रदेशव्यापी रूपमा लागूऔषधविरुद्धको महाअभियान–२०८३ु सञ्चालन गरिरहेको छ । त्यसअन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङले पनि लागूऔषध नियन्त्रण र सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। नियमित सचेतना अभियानका बाबजुद लागूऔषध प्रयोगकर्ताको संख्या घट्न नसकेको भन्दै प्रहरीले प्रयोगकर्तालाई नै सुधारतर्फ उन्मुख गराउने उद्देश्यले परामर्श कार्यक्रम सञ्चालन गर्न थालेको हो।

प्रहरीका अनुसार लागूऔषधको लतका कारण धेरै युवाले ज्यान गुमाएका छन् भने कतिपयको पारिवारिक जीवन, आर्थिक अवस्था र सामाजिक प्रतिष्ठासमेत प्रभावित भएको छ। स्वास्थ्यमा गम्भीर असर पुग्नुका साथै समाजमा नकारात्मक प्रभाव पर्ने भएकाले प्रयोगकर्तालाई सुधारको अवसर दिन परामर्श कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालले कार्यक्रममा सहभागी प्रयोगकर्तालाई अबदेखि लागूऔषध सेवन नगर्ने, अरूलाई पनि सेवन गर्न नदिने, आफू, आफ्नो परिवार, समाज र देशप्रति जिम्मेवार बन्ने प्रतिबद्धता गराउनुभयो। उहाँले सहभागीलाई, अबदेखि कहिल्यै लागूऔषध सेवन गर्दिनँ, लागूऔषध सेवन गर्न दिन्नँ, म आफूलाई माया गर्छु, आफ्नो परिवारलाई माया गर्छु, समाजलाई माया गर्छु र देशलाई योगदान दिन्छु,ू भन्ने सामूहिक प्रतिज्ञा गराउनुभयो।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाले पनि लागूऔषधले व्यक्तिको जीवन बर्बाद पार्ने भएकाले त्यसबाट मुक्त हुन दृढ संकल्प गर्न आग्रह गर्नुभयो। उहाँले आवश्यक परे सुधार केन्द्रमा उपचार तथा पुनःस्थापनाका लागि जान, आफूलाई परिवर्तन गर्न र लागूऔषधबाट टाढा रहन प्रेरित गर्दै प्रशासनबाट आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो।

सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले सहभागीहरूलाई उप्रान्त अबदेखि लागूऔषध खादिनँ, मेरो परिवारलाई माया गर्छु, समाजलाई माया गर्छु र देशलाई माया गर्छु,ू भन्ने प्रतिबद्धतासहित सामूहिक शपथसमेत गराउनुभएको थियो। प्रहरीका अनुसार यस प्रकारका परामर्श तथा प्रतिबद्धता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ। लागूऔषध प्रयोगकर्तालाई कारबाहीसँगै सुधार र पुनःस्थापनाको अवसर उपलब्ध गराउँदै समाजमा पुनःस्थापित गर्ने उद्देश्यले अभियानलाई अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्