त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन र भन्सार कार्यालयको अनुगमन

<span class='c1'>त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन</span> <span class='c2'>र भन्सार कार्यालयको अनुगमन</span>

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र भन्सार कार्यालयको स्थलगत अनुगमन गरेको छ ।समितिले सार्वजनिक सेवा प्रवाह, राजस्व प्रशासन तथा यात्रु सेवा व्यवस्थाको अवस्था बुझ्न अनुगमन गरेको हो।

अनुगमन टोलीको नेतृत्व अर्थ समिति सभापति डा. कृष्णहरि बुढाथोकीले गरेका छन् । टोलीमा समिति सदस्यहरू सुशील खड्का (सार्वजनिक वित्त उपसमिति संयोजक), कृष्णकुमार कार्की, खड्कबहादुर बुढा, नितिमा भण्डारी (कार्की), परशुराम तामाङ, प्रा.डा. पुष्पराज कँडेल र विदुषी राणा सहभागी भएका थिए ।

त्यसैगरी समिति सचिव लक्ष्मण अर्याल, उपसचिव लक्ष्मीप्रसाद ओझा, शाखा अधिकृत प्रवीन राई तथा कार्यालय सहयोगी सीता भट्टराई पनि अनुगमन सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्