कतारका पूर्वअमिरको निधनमा नेपालमा आज राष्ट्रिय झण्डा आधा झुकाइने

<span class='c1'>कतारका पूर्वअमिरको निधनमा नेपालमा आज</span> <span class='c2'>राष्ट्रिय झण्डा आधा झुकाइने</span>

विराटनगर । कतारका पूर्वअमिर हिज हाइनेस शेख हमद बिन खलिफा अल थानी को निधनप्रति शोक व्यक्त गर्दै नेपाल सरकारले आज (असार ३० गते) देशभरका सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।

गृह मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार नेपाल–कतारबीचको मैत्रीपूर्ण सम्बन्धलाई सम्मान गर्दै पूर्वअमिरको निधनमा शोक मनाउने निर्णय गरिएको हो।

मन्त्रालयका अनुसार आज देशभरका सबै सरकारी कार्यालय तथा कतारको दोहास्थित नेपाली राजदूतावासमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।

गृह मन्त्रालयका सहसचिव तथा उपसचिव रमा आचार्य ९सुवेदी० द्वारा हस्ताक्षरित विज्ञप्तिमा सम्बन्धित सबै निकायलाई उक्त निर्णय कार्यान्वयन गर्न अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्