मिस्टर एण्ड मिस टिन विराटनगर २०२६ मा उत्कृष्ट बनेका शिक्षादिप कलेजका विद्यार्थी सम्मानित

<span class='c1'>मिस्टर एण्ड मिस टिन विराटनगर २०२६ मा</span> <span class='c2'>उत्कृष्ट बनेका शिक्षादिप कलेजका विद्यार्थी सम्मानित</span>

विराटनगर । ‘मिस्टर एण्ड मिस टिन विराटनगर २०२६’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल शिक्षादिप कलेज विराटनगरका दुई विद्यार्थीलाई कलेजले स्वागत तथा सम्मान गरेको छ ।

प्रतियोगितामा कलेजका विद्यार्थी संगित गौतमले फस्ट रनरअप तथा आर्या बस्नेतले सेकेण्ड रनरअपको उपाधि हासिल गरेका थिए। उनीहरूको उपलब्धिको कदर गर्दै कलेज परिसरमा उनीहरुलाई स्वागत तथा सम्मान गरेको थियो । कार्यक्रममा कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले दुवै विद्यार्थीलाई हार्दिक बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे। उनले यस्ता प्रतियोगिताले विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटन हुनुका साथै आत्मविश्वास, नेतृत्व क्षमता र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए। आगामी दिनमा पनि अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता जनाउन उनले विद्यार्थीलाई प्रेरित गरेका थिए।

रोनक एण्ड फेसन एजेन्सीद्वारा किशोर–किशोरीहरूको प्रतिभा, आत्मविश्वास र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको ‘मिस्टर एण्ड मिस टिन विराटनगर २०२६’ प्रतियोगिताको फाइनल चरणमा कुल ८ जना प्रतियोगी पुगेका थिए। कडा प्रतिस्पर्धाबीच शिक्षादिप कलेजका विद्यार्थी संगीत गौतम र आर्या बस्नेतले क्रमशः फस्ट रनरअप र सेकेण्ड रनरअपको उपाधि जित्दै कलेजको प्रतिष्ठा बढाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्