प्रहरीले गर्नथाल्यो अभिषेक गिरी कनेक्सनका ‘सक्स्पेक्ट’ सँग सोधपुछ

<span class='c1'>प्रहरीले गर्नथाल्यो अभिषेक गिरी</span> <span class='c2'>कनेक्सनका ‘सक्स्पेक्ट’ सँग सोधपुछ</span>

विराटनगर । मोरङ कारागारका कैदीबन्दीहरूबाट असुली आरोपमा पक्राउ परेर अनुसन्धानमा रहेका बखत अदालतबाट हाजिर जमानीमा छुटेका अभिषेक गिरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनको अनुसन्धान चलिरहँदा यता जिल्ला प्रहरी कार्यालयले भने गिरी कनेक्सनका ‘सक्स्पेक्ट’ सँग सोधपुछ सुरु गरेको छ ।

मोरङका प्रहरी प्रमुख एवं प्रहरी उपरक्षिक कबित कटुवालका अनुसार गिरीमाथि अनुसन्धान भइरहँदा शङ्का गरिएका वा अपराधमा संलग्न भएको आशङ्का गरिएका व्यक्तिसँग प्रारम्भिक सोधपुछ थालिएको हो । जसमा दुई प्रकारका समूहसँग प्रहरीको सोधपुछ चलिरहेको छ । पहिलो गिरीसँग कुनै समयमा कारोबार गरेको देखिएका व्यक्ति उनीबाट पीडित छन् की छैनन् भन्ने यकिन गर्न र अर्को गिरीको कनेक्सनमै देखिएका व्यक्ति जसको संलग्नता के हो ? स्वघोषणा लिने गरी प्रहरीले सोधपुछ थालेको हो ।

यद्यपी अपराधको पुष्टि नभएसम्म प्रमाण जुटाउन र अनुसन्धान प्रक्रिया अघि बढाउन यस्ता व्यक्तिलाई प्रहरीले शङ्काको घेरामा मात्रै राखेर प्रारम्भिक सोधपुछ गर्ने गर्दछ । कानुनअनुसार शङ्कास्पद व्यक्तिमाथि गरिने कानुनी प्रक्रिया र अधिकार बमोजिम सामान्य व्यवहार प्रहरीले देखाइरहेको छ । जसबाट प्रमाण सङ्कलन, शङ्कास्पद व्यक्तिको पहिचान, घटनाको प्रमाण समेत संकलन गर्ने काम सुरु गरेको हो ।

असार २४ मा उनलाई पक्राउ गरेर गिरीलाई काठमाडौँ लिएको थियो । त्यस अगाडी उनी मोरङ प्रहरीको नियन्त्रणमा रहेका थिए । गुण्डागर्दी पृष्ठभूमिका गिरीसँग भएको सम्पति, उनीसँग सम्पर्कमा देखिएका व्यक्तिहरु, उनको अपराधमा संगठक बन्ने व्यक्ति समेत प्रहरीको सोधपुछमा तानिएका छन् । अपहरण तथा शरीर बन्धक मुद्दामा गिरी ९ वर्ष जेल बसेर २०७९ चैत ५ मा छुटेपछि उनको संरक्षकत्वमा हुने अपराधको एउटा भिन्नै पाटो र समूह निर्माण भएको थियो । जसमा गिरीले एउटा ठूलो समूह बनाएर त्यसमार्फत विभिन्न सञ्जाल निर्माण गर्ने र अपराधका संगठित प्रयास गर्दै आएका थिए ।

यहि क्रममा हुलाकी राजमार्ग अन्तर्गत मोरङको कटहरी गाउँपालिकामा ६ किलोमिटर सडक निर्माणको जिम्मेवारी पाएको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीका सञ्चालक सुभाष श्रेष्ठलाई माथि ठगी तथा आपराधिक विश्वासघात गरेको कसुरमा सीआईबी हिरासतमा पुगेका हुन् । यहि क्रममा प्रहरीले बुधबार जिल्ला प्रहरी कार्यालयमा विभिन्न समयमा उनीसँग कारोबार गरेका कारोबारीलाई बोलाएर उनीहरु र गिरीको कारोबारबीचको सन्तुलनका बारेमा सोधपुछ गरेको थियो । यदि कोहि पीडित भएमा उनीहरुबाट उजुरी लिने काम समेत प्रहरीले गरिरहेको छ ।

त्यस बाहेक प्रहरीले उनको प्रत्यक्ष समूहभित्र रहेका र देखिएका व्यक्तिहरुलाई समेत बुधबारदेखि सम्पर्कमा आएर जे हो, त्यो खुलाउन भनिरहेको छ । गिरीसँग कनेक्सन देखिएका व्यक्तिहरुको सवालमा भने प्रहरीले सम्पती शुद्धीकरणमा अनुसन्धान गर्ने तयारी गरिरहेको छ ।

यस्तो छ कटहरीमा सडकको कथा

हुलाकी सडकको विराटनगर हाटखोलाबाट रंगेली जाने सडक खण्डको ६ किलोमिटरको ८३ करोड ८९ लाखको ठेक्का श्रेष्ठ कन्स्ट्रक्सनले पारेको थियो । २०७४ मा भएको ठेक्का सम्झौताअनुसार काम नभएपछि हुलाकी सडक आयोजनाले सम्झौता रद्द गरेर नयाँ प्रक्रिया थालेको थियो । हुलाकी सडकको काम अभिषेकले आफ्नो कम्पनी आरसी सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिमार्फत गरेर अलपत्र पारेको आरोप छ । सडकको २२ प्रतिशत काम श्रेष्ठले नै गरेको र बाँकी कामको जिम्मा लिएका अभिषेकले ठेक्का अलपत्र पारेका हुन् ।विराटचोक नजिकैको सडक प्रोजेक्ट पनि जिम्मा लिएर गिरीले त्यसैगरी अलपत्र पारेरको थप खुलेको छ ।

त्यस बाहेक अभिषेक गिरीले श्रेष्ठ कन्स्ट्रक्सनलाई जानकारी नै नदिई उनले सो कम्पनीको स्काभेटर र टिपर कवाडीमा काटेर बिक्री गरेको खुलेको छ । मेसिनको सहयोगमा काटेर टिपर र स्काभेटर कवाडीमा बेचेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
सुभाष श्रेष्ठलाई त्रासमा पारेर काठमाडौँस्थित बुढानिलकण्ठको घर पनि गिरीले आफ्नी पत्नीको नाममा पास गर्न बाध्य पारेको आरोप छ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर–७ स्थित कित्ता नम्बर १०३९ मा बनेको घर गिरीले धम्क्याएर कान्छी श्रीमती सोनु आचार्यको नामा पास गराएको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्