मेरिल्याण्ड कलेजले विविएस चौथो बर्ष अध्ययन पुरा गरेका १०३ विद्यार्थीको भव्य विदाई

<span class='c1'>मेरिल्याण्ड कलेजले विविएस चौथो बर्ष अध्ययन</span> <span class='c2'>पुरा गरेका १०३ विद्यार्थीको भव्य विदाई</span>

विराटनगर। विराटनगर–७, रंगेली रोडस्थित मेरिल्याण्ड कलेजले विविएस संकायका चारवर्षे कार्यक्रम पूरा गरेका १०३ जना विद्यार्थीलाई एक समारोहबीच सम्मानपूर्वक विदाई गरेको छ।

शुक्रबार विराटनगर–४ स्थित पर्पलहेजको सभाहलमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई खादा, अविर र मायाको चिनो प्रदान गर्दै कलेजले उनीहरूको चार वर्षे शैक्षिक यात्राको सम्मान गरेको हो ।


कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले मेरिल्याण्ड कलेजले विद्यार्थीलाई केवल शैक्षिक प्रमाणपत्र मात्रै नभई जीवनमा सफल हुन आवश्यक ज्ञान, अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमता प्रदान गर्ने लक्ष्यका साथ शिक्षण गर्दै आएको बताए ।
उनले भने, “आज यहाँबाट विदाई हुँदै गर्दा तपाईंहरू विद्यार्थी मात्र होइन, मेरिल्याण्ड परिवारका आजीवन सदस्यका रूपमा नयाँ यात्रामा अघि बढ्दै हुनुहुन्छ। उच्च शिक्षा, रोजगारी वा उद्यम जुनसुकै क्षेत्रमा जानुहोस, इमान्दारिता, मेहनत र सकारात्मक सोचलाई कहिल्यै नछोड्नुस्। यही मूल्यले तपाईंहरूलाई सफल बनाउनेछ। तपाईंहरूको सफलता नै हाम्रो कलेजको सबैभन्दा ठूलो उपलब्धि हुनेछ । आगामी शैक्षिक तथा व्यावसायिक जीवनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।”

साथै कलेजमा प्लस टु होस या विविएस लेवलमा विद्यार्थीका तर्फबाट मन्तव्य राख्दै एकता भट्टराईले चार वर्षको अध्ययन अवधिले आफूहरूलाई पुस्तकको ज्ञानसँगै जीवन जिउने कला पनि सिकाएको बताइन्। । उनले कलेजका शिक्षकहरूको माया, मार्गदर्शन र सहयोगलाई सधैं स्मरण गरिरहने उल्लेख गरिन् ।
त्यसैगरी खुश्बु राठीले मेरिल्याण्ड कलेजले सैद्धान्तिक शिक्षासँगै व्यावहारिक सीप, प्रस्तुतीकरण क्षमता र आत्मविश्वास विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताइन् । उनले कलेजमा बिताएका चार वर्ष जीवनकै अविस्मरणीय समय बनेको प्रतिक्रिया दिइन् ।

कलेजका निर्देशक भेषराज पोखरेलले विद्यार्थीहरूको चार वर्षे मेहनतको प्रशंसा गर्दै अब उनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो क्षमता प्रमाणित गर्ने विश्वास व्यक्त गरे। उनले मेरिल्याण्ड कलेजले उत्पादन गरेका विद्यार्थीहरू विभिन्न क्षेत्रमा सफलतापूर्वक स्थापित भइरहेकाले यसपटकका विद्यार्थीले पनि कलेजको गौरवलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा कलेजका उपाध्यक्ष प्रा.डा पी.के झा, निर्देशकहरू डा.मनोज गुप्ता, प्रदीप भगत, नन्दकिशोर अग्रवाल, डा.पेशल पोखरेल, जयराज राजवंशी लगायत विविएस संकायका प्राध्यापकहरूको उपस्थिति रहेको थियो।

मेरिल्याण्ड कलेजले आफ्नो शैक्षिक उत्कृष्टतालाई स्मरण गर्दै वि.सं २०६३ सालमा विविएस तहमा नेपालमै उच्च अंक ल्याएका विद्यार्थी किंजल पोखरेललाई तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको हातबाट गोल्ड मेडल प्रदान गरिएको ऐतिहासिक उपलब्धिसमेत कार्यक्रममा स्मरण गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्