विराटनगर । विराटनगर–८ स्थित बगैंचा रिसोर्ट (पुरानो फन एण्ड फुड भिलेज रिसोर्ट) स्थित स्वीमिङ्ग पुलमा त्यहिं कार्यरत एक कर्मचारीको डुबेर निधन भएको छ । रिसोर्टको कुकमा कार्यरत सुनसरी बर्जुका २१ वर्षीय गजेन्द्र यादवको डुबेर मृत्यु भएको हो ।
मोरङका प्रहरी उपरीक्षक कबित कटुवालका अनुसार यादव बिहान स्वीमिङ्ग गर्न एक्लै गएको र त्यहाँ अचानक शरीरले काम नगरेजस्तो स्थितिबाट डुबेको प्रहरी उपरीक्षक कटुवालको भनाई छ । प्रहरीले घटनाको अनुसन्धान सुक्ष्म रुपमा गर्ने उनले बताएका छन् ।