विराटनगरमा आई पुग्यो कार्गो रेल,उद्योग र व्यवसायीलाई राहत

<span class='c1'>विराटनगरमा आई पुग्यो कार्गो</span> <span class='c2'>रेल,उद्योग र व्यवसायीलाई राहत</span>

विराटनगर । भारतको कोलकाता बन्दरगाहबाट पहिलोपटक विराटनगरका लागि छुटेको कार्गो रेल सोमबार दिउँसो विराटनगर कस्टम यार्ड आइपुगेको छ। शुक्रबार कोलकाताबाट छुटेको रेलमा स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ ल्याइएको हो।

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने सामान अब भारतीय रेलमार्फत सिधै विराटनगर भन्सार कार्यालयसम्म ल्याउन सकिने व्यवस्था कार्यान्वयनमा आएपछि पूर्वी नेपालका उद्योग–व्यवसायीले राहत महसुस गरेका छन्। यस व्यवस्थाले ढुवानी समय र लागत दुवै घट्ने अपेक्षा गरिएको छ।

कार्गो रेल सेवाको औपचारिक शुभारम्भ कोलकातास्थित नेपाली महावाणिज्यदूत, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेड (कोनकोर)का अधिकारीहरूले संयुक्त रूपमा हरियो झन्डा देखाएर गरेका थिए।

विराटनगर आइपुगेको रेलको स्वागत भन्सार कार्यालयका कर्मचारी तथा उद्योगी–व्यवसायीले गरेका छन्। उनीहरूले यस सेवाले उद्योगका लागि आवश्यक कच्चा पदार्थको आयात सहज बनाउने विश्वास व्यक्त गरेका छन्।

यसअघि भारतको बथनाहादेखि विराटनगर कस्टम यार्डसम्म कार्गो रेल सेवा सञ्चालनको उद्घाटन भए पनि सेवा नियमित हुन सकेको थिएन। २०८० साल जेठमा एकपटक रेल आएपछि सेवा रोकिएको थियो।

पछिल्लो समय नीतिगत व्यवस्था र आवश्यक प्रक्रियागत समन्वय पूरा भएपछि भने कोलकाता बन्दरगाहबाट विराटनगरसम्म नियमित रूपमा रेलमार्फत मालसामान ढुवानी गर्ने बाटो खुलेको हो। यसलाई पूर्वी नेपालको व्यापार तथा औद्योगिक क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्