वर्षाको मौका छोपेर लाइफगार्डको अनुपस्थितमा पौडी खेल्दा बगैंचा रिसोर्टका कर्मचारीको मृत्यु

<span class='c1'>वर्षाको मौका छोपेर लाइफगार्डको अनुपस्थितमा पौडी</span> <span class='c2'>खेल्दा बगैंचा रिसोर्टका कर्मचारीको मृत्यु</span>

विराटनगर । विराटनगर–८ स्थित बगैंचा रिसोर्ट (पूर्व फन एण्ड फुड भिलेज रिसोर्ट) को स्वीमिङ पुलमा डुबेर रिसोर्टकै एक कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा रिसोर्टमा कुक (भान्से) का रूपमा कार्यरत सुनसरीको बर्जु गाउँपालिकाका २१ वर्षीय गजेन्द्र यादव रहेका छन्।

रिसोर्टका अनुसार सोमबार बिहान वर्षा भइरहेका कारण स्वीमिङ पुल सर्वसाधारणका लागि बन्द गरिएको थियो। रिसोर्टकी कर्मचारी उपशाना राईका अनुसार सामान्यतया बिहान ७ बजेदेखि स्वीमिङ पुल सञ्चालन हुने भए पनि वर्षाका कारण आज बिहानको समय बन्द राखिएको थियो।

राईका अनुसार रिसोर्टमा टाढाबाट आएका कर्मचारीका लागि बस्ने व्यवस्था छ। आईतबार राति तीन जना कर्मचारी रिसोर्टमै बसेका थिए। सोमबार बिहान दुई जना कर्मचारी सुतिरहेका बेला यादवले लाइफगार्डको अनुपस्थितिमा कर्मचारीका लागि छुट्टै राखिएको प्रवेशद्वार प्रयोग गरी स्वीमिङ पुलमा प्रवेश गरेका थिए।

रिसोर्ट परिसरमा सर्वसाधारण र कर्मचारीका लागि छुट्टाछुट्टै दुई वटा प्रवेशद्वार रहेका छन्। रिसोर्ट व्यवस्थापनका अनुसार सीसीटीभी फुटेजमा यादवले पुलमा स्टन्ट शैलीमा डाइभ गरेर पौडी खेल्ने प्रयास गरेको देखिन्छ। केहीबेर पौडी खेलेपछि उनी डुबेको फुटेजमा देखिएको जनाइएको छ।

रिसोर्ट व्यवस्थापनले कुनै पनि कर्मचारीलाई स्वीमिङ पुल प्रयोग गर्ने अनुमति नरहेको जनाएको छ। व्यवस्थापनका अनुसार वर्षाको समयमा पुल बन्द रहेकै अवस्थामा यादवले अवसर छोपेर पौडी खेलेका थिए। घटनापछि प्रहरीलाई जानकारी गराइएको थियो। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ भने शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्