सुकुना माध्यमिक विद्यालयका नृत्य शिक्षक पनि पक्राउ

<span class='c1'>सुकुना माध्यमिक विद्यालयका नृत्य</span> <span class='c2'>शिक्षक पनि पक्राउ</span>

विराटनगर। मोरङको सुन्दरहरैँचा–१० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा अर्का एक शिक्षक पक्राउ परेका छन्। सोमबार बिहान तीनजना र साँझमा एकजना गरिएको हो । पक्राउ परेका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्र मिश्रका अनुसार फरार रहेका सङ्गीत शिक्षक भीम नेपालसहित अब चारजना प्रहरी अनुसन्धानमा रहेका छन् । प्रहरीले विद्यालयका लेखा अधिकृत तथा शिक्षक अविरल मास्के, शिक्षक किशोरलाल गच्छेदार र बस चालक प्रदीप भट्टराई पक्राउ गरेको थियो।

सामाजिक सञ्जालमा सार्वजनिक भएका च्याट र उजुरीका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जनाविरुद्ध म्याद थप गरी अनुसन्धान अघि बढाइने तयारी भइरहेको छ। घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा पनि अनुसन्धान जारी रहेको उनले बताए।

विद्यालयले यसअघि शिक्षक अविरल मास्के, सङ्गीत शिक्षक भीम नेपाल र बस चालक प्रदीप भट्टराईलाई आचरणविपरीत कार्य गरेको आरोपमा निलम्बन गरेको जनाएको छ। प्रहरीले घटनाको वास्तविकता अनुसन्धानबाट खुल्ने भएकाले अपुष्ट सूचना वा आरोपहरूलाई तथ्यका रूपमा प्रचार नगर्न सबैसँग आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्