विराटनगरबाट कटुवा पेस्तोल र लागूऔषधसहित एक जना पक्राउ

<span class='c1'>विराटनगरबाट कटुवा पेस्तोल र</span> <span class='c2'>लागूऔषधसहित एक जना पक्राउ</span>

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१८ झटियाही बुधनगरबाट कटुवा पेस्तोल र लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

बुधबार राति करिब १२:१० बजे कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर अन्तर्गतको प्रादेशिक अनुसन्धान समूह (PIT) र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा विराटनगर–१८ झटियाही बुधनगर निवासी ५९ वर्षीय लाल किशोर यादवको कोठामा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा प्रहरीले यादवको साथबाट एक थान कटुवा पेस्तोल, ८.४८ किलोग्राम गाँजा तथा ३ ग्राम ०७ मिलिग्राम खैरो हिरोइन बरामद गरेको जनाएको छ।

बरामद भएको कटुवा पेस्तोल र लागूऔषधसहित यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्