कानेपोखरीमा पैदय यात्रीलाई ठक्कर दिएर फरार चालक पक्राउ

<span class='c1'>कानेपोखरीमा पैदय यात्रीलाई ठक्कर</span> <span class='c2'>दिएर फरार चालक पक्राउ</span>

विराटनगर । मोरङको कानेपोखरीमा पैदल यात्रीलाई ठक्कर दिएपछि फरार गाडीसहित फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ । साउन ३ गते कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा पैदल यात्रीलाई ठक्कर दिएर फरार रहेको बा २ झ २२२६ नम्बरको इसुजु गाडीसहित त्यसका चालकलाई मोरङ प्रहरीले नियन्त्रणमा लिइएको हो ।

ठक्करबाट पथरीशनिश्चरे–१० त्रिवेणी चोक बस्ने ६० वर्षका गोविन्द लिम्बू गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएपछि प्रहरीले सवारी ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान तथा खोजतलास अघि बढाएको थियो । इलाका प्रहरी कार्यालय पथरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले बुधबार राति करिब १० बजे सुनसरीको इटहरी उपमहानगरपालिका ५ स्थित हेभी इक्विपमेन्ट सडक डिभिजन विभागको कार्यालयमा लुकाइछिपाइ राखिएको अवस्थामा गाडी फेला पारेको थियो ।

गाडीसँगै त्यसका चालक सिराहाको सुखीपुर गाउँपालिका–८ बस्ने ४४ वर्षका राम उद्गार मण्डललाई मोरङ प्रहरीले नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीसँगको समन्वयमा नियन्त्रणमा लिइएका उनी विरुद्ध इलाका प्रहरी कार्यालय पथरी, मोरङले सवारी ज्यान कसूरमा अनुसन्धान सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्