थारु भाषाको छल्की चलचित्रको शुभमूहुर्त

<span class='c1'>थारु भाषाको छल्की</span> <span class='c2'>चलचित्रको शुभमूहुर्त</span>

विराटनगर ७ जेठ । केशब रायमाझीले निर्देशन गरेको थारु भाषामा अधारित ‘छल्की’ चलचित्रको शुभ मुहुर्त गरिएको छ ।
विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरि चलचित्रको शुभ मुहुर्त गरिएको हो ।
उक्त चलचित्रको शुभ मुहुर्त साहित्यकार खेम नेपाली तथा चलचित्रको मुख्य निर्मता कन्नुलाल चौरीले गरेका थिए ।
एक दर्जन बढी थारु भाषाको चलचित्रमा निर्देशन गरि सबैको रोजाईमा पर्न सफल भएका रायमाझीले निर्देशन गर्न लागेको छल्कीको छायाकन चाँडै हुने उनले जानकारी दिए । राजेन्द्र भगतले चलचित्रको प्रस्तुती गरेका छन् ।
चाँदनी फिल्मसको ब्यानरमा निमार्ण हुन लागेको चलचित्रको निर्मताहरुमा नरेश चौधरी, बद्री माझी, पन्चु नारायण चौधरी(थारु) रहेका छन् भने सह निर्मतामा सुनिता चौधरी रहेका छन् ।
पूर्वाञ्चलको रमणिय क्षेत्रमा चलचित्रको छायाकन हुने निर्देशक रायमाझीले बताए । उनका अनुसार यूवा पुस्तालाई लक्षित गरि माया प्रेममा आधरित रोमन्टिक चलचित्र बन्ने बताए । छल्की चलचित्र नेपाली तथा अन्य भाषामा पनि डबिङ्ग हुने निमार्ण युनिटले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्