अभिषेक गिरी प्रकरण: कनेक्सन खुलेपछि विराटनगरबाट मुकेश प्रहरी नियन्त्रणमा

<span class='c1'>अभिषेक गिरी प्रकरण: कनेक्सन खुलेपछि</span> <span class='c2'>विराटनगरबाट मुकेश प्रहरी नियन्त्रणमा</span>

विराटनगर । प्रहरीको नियन्त्रणमा रहेका आपराधिक पृष्ठभूमिका ‘गुन्डा नाइके’ अभिषेक गिरीसँग ‘कनेक्सन’ देखिएपछि विराटनगरका मुकेश कार्की पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–७ घर भएका ४६ वर्षीय कार्कीलाई वडा प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाको संयुक्त टोलीले शनिबार बिहान ७ः३० बजेतिर पक्राउ गरेको हो । घरबाटै पक्राउ गरेर कार्कीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङ लगिएको छ ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार गिरीसँग लामो समयदेखि ‘कनेक्सन’मा रहेको पाइएपछि अनुसन्धानका लागि कार्कीलाई नियन्त्रणमा लिइएको हो । गिरीसँगकै सम्बन्ध र सम्पर्कका आधारमा पक्राउ परेका कार्कीको पृष्ठभूमिदेखि लिएर हाल उनीसँग सम्बन्धित रहेका सबै विषयमा अनुसन्धान हुने मिश्रले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्