विराटनगर, साउन १० गते ।
सामाजिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय युवाहरूको समूह 'एमआरआर टिम विराटनगर' (MRR Team Biratnagar) को आयोजनामा विराटनगरमा भजन तथा आध्यात्मिक चेतनामूलक कार्यक्रम आयोजना हुने भएको छ।
साउन ११ गते सोमबार परेको अवसरमा धर्म, सेवा, श्रद्धा तथा आध्यात्मिक चेतनाको अभिवृद्धि गर्ने उद्देश्यका साथ सो कार्यक्रम आयोजना गर्न लागिएको हो।
आयोजक समूहका अनुसार विराटनगरस्थित पुष्पलाल चोक पूर्व घिनाघाटमा आयोजना हुने उक्त कार्यक्रम साँझ ५:३० बजेदेखि सुरु हुनेछ। धार्मिक तथा आध्यात्मिक माहोल सिर्जना गरी युवा पुस्तालाई सकारात्मक र सांस्कृतिक मार्गमा अभिप्रेरित गर्ने लक्ष्य राखिएको यस भजन-सङ्गीत कार्यक्रममा सर्वसाधारण, धर्मानुरागी तथा सङ्गीतप्रेमी महानुभावहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको आयोजकले जनाएको छ।