विराटनगरको रानी नाकामा सशस्त्रको ‘बीआईटी’ परिचालन

<span class='c1'>विराटनगरको रानी नाकामा</span> <span class='c2'>सशस्त्रको ‘बीआईटी’ परिचालन</span>

विराटनगर । सीमा सहजीकरण तथा सीमा क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलाप नियन्त्रण र सूचना संकलनका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर इन्टरएक्सन टिम (बीआईटी) परिचालन गरिएको छ । मोरङमा भारतसँगको मुख्य नाका विराटनगर रानीमा प्रहरी नायब निरीक्षकको कमाण्डमा यो टोलि परिचालित भएको हो ।

आइतबारदेखि देशभरका सीमा इलाकाको मुख्य नाकाहरू झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगञ्ज, रुपन्देहीको डण्डा, बाँकेको जमुनाह र कञ्चनपुरको गड्डाचौकीमा सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा एक ठाउँमा १४ जना रहने गरी टोली परिचालन गरिएको छ ।

मोरङमा रानी नाकामा यस्तो टिम परिचालन भएपछि चाडपर्वमा जोगबनी पुगेर खरिदारी गर्नेका लागि सहि समय नहुने देखिएको छ । सीमा क्षेत्रमा रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्ममा तैनाथ रही सीमाको मुख्य नाकाहरूमा यो टोली परिचालन भएको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले आइतबार रुपन्देहीको डण्डामा रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्ममा पुगी सो टोलीलाई आवश्यक निर्देशन दिँदै टोली परिचालनको शुभारम्भ गरेका थिए । त्यसपछि एकसाथ सीमामा बिआइटी परिचालित भएको हो ।
सो टोलीले विशेष गरी सीमा क्षेत्रमा आवतजावत गर्ने महिला, बालबालिका र वृद्धवृद्धाहरूको सहजीकरण, मावन बेचविखन नियन्त्रण तथा उद्धार, प्रतिबन्धित लागुऔषध, वन्यजन्तु लगायतका सामग्रीहरूको निगरानी, नियन्त्रण तथा चेकजाँचमा कडाइका साथ काम गर्नेछ ।

सो टोलीबाट सीमा क्षेत्रमा परिचालित सरोकारवाला निकाय तथा अन्य सुरक्षा नियकाहरूसँग समन्वयमा सीमा इलाकामा हुनसक्ने आपराधिक क्रियाकलाप रोकथाम र नियन्त्रण लगायतका अन्य अप्रेसनल कामकारबाहीमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।
मुख्य सीमा नाकाहरूमा परिचालन हुने टोलीमा प्रत्येक सिफ्टमा एक जना महिला सशस्त्र प्रहरी कर्मचारीसहित बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सादा पोषाक (सफारी सुट) मा रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्