सुनसरीको देवानगञ्जमा दुई समुदायबीच झडप, एक जनाको मृत्यु

<span class='c1'>सुनसरीको देवानगञ्जमा दुई समुदायबीच</span> <span class='c2'>झडप, एक जनाको मृत्यु</span>

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार दुई समुदायबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ। घटनापछि क्षेत्रको अवस्था तनावपूर्ण बनेको छ।

प्राप्त प्रारम्भिक जानकारीअनुसार झडपका क्रममा स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो। झडप उग्र बनेपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जनाएको छ।

घटनापछि ठूलो संख्यामा नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएको छ। सम्भावित अप्रिय घटना हुन नदिन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्थानीय प्रशासनले अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाएको छ।

प्रहरीका अनुसार घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको र आधिकारिक पुष्टि नभएसम्म अपुष्ट सूचना सामाजिक सञ्जालमा साझा नगर्न सम्बन्धित निकायले सर्वसाधारणलाई आग्रह गरेको छ।

घटनाबारे थप विवरण प्राप्त हुनासाथ सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्