कोशी प्रहरी प्रमुखमा डीआईजी खनाल

<span class='c1'>कोशी प्रहरी प्रमुखमा</span> <span class='c2'>डीआईजी खनाल</span>

काठमाडौं । सुनसरी घटनापछि कोशी प्रदेशको प्रहरी प्रमुखको रुपमा डीआईजी शेखर खनाललाई पठाइएको छ । प्रहरी प्रधान कार्यालयमा कार्यरत रहेका खनाललाई कोशी प्रदेशको डीआईजीको रुपमा गृह मन्त्रालयले सरुवा गरेको हो ।

सुनसरीमा प्रहरीको गोली लागेर ज्यान गएका बेला कोशीको डीआईजीको रुपमा विनोद घिमिरे थिए । घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानेर खनाललाई त्यहाँ पठाइएको हो । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको निधन भएको थियो।

घटनामा परेर ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका थिए । घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भइसकेको छ। समितिले एक साताभित्रमा प्रतिवेदन बुझाउने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्