सुनसरी देवानगन्जको घटनामा दोषीलाई कारबाहीको माग गर्दै विराटनगरमा बजार बन्द, आशिक प्रभावित

<span class='c1'>सुनसरी देवानगन्जको घटनामा दोषीलाई कारबाहीको माग</span> <span class='c2'>गर्दै विराटनगरमा बजार बन्द, आशिक प्रभावित</span>

विराटनगर । सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको घटनामा दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शनकारीहरुले विराटनगर मंगलबार बजार बन्द गराएका छन् ।

गत आईतबार राती प्रहरीको गोली लागेर २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको र ९ जना घाइते भएको घटनाको विरोधमा मंगलबार विहानैदेखी विराटनगरका बजार एरीयाका पसलहरु बन्द रहेका छन् । प्रदर्शनकारीहरुले विराटनगरमा बजार बन्द गराउँदै सबै व्यावसायीहरुलाई पसल नखोल्न पनि आग्रह गरेका छन् । घटनामा सलग्नहरुलाई राज्यले कडा कारबाहीको माग गर्दै प्रदर्शनकारीहरुले बजार क्षेत्र परिक्रमा समेत गरेका थिए । हनुमान मन्दिरमा भेला भई प्रदर्शनकारीहरुले ट्राफिक चोक, महेन्द्र चोक हुदै धरान रोडबाट बजार परिक्रमा गरि पुन मन्दिरमा पुगेका थिए । प्रदर्शनका क्रममा उनीहरूले व्यापारीहरूलाई पसल बन्द गर्न आग्रह गरेका थिए । जसका कारण बजारको जनजीवन आंशिक रूपमा प्रभावित भएको छ । बजार क्षेत्रमा सम्पुर्ण व्यापारिक सटरहरु बन्द छन् भने भित्री पसलहरु भने संचालनमा रहेका छन्।

विराटनगरमा आज विहानैदेखी अधिकास शैक्षिक सस्थाहरु भने बन्द रहेका छन् । विराटनगरबाट छुट्ने लामो तथा छोटा धुरीका सवारीसाधन भने चलिरहेका छन् । विराटनगर बजार क्षेत्रमा सवारीसाधनलाई भने निर्वाध रुपमा चल्न दिइएको छ ।

साथै आन्दोलनपक्षधरले विराटनगरको बुधहाट चोकमा आज दिउँसो ४ बजे श्रद्धाञ्जली सभाको आयोजना गर्ने कार्यक्रम पनि तय गरेको छन् । प्रदर्शन शान्तिपूर्ण भए पनि कुनै अप्रिय घटना हुन नदिन उल्लेख्य संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको । बजार क्षेत्र, प्रदर्शनस्थल तथा संवेदनशील स्थानहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्