सुनसरीमा घटनाले झन उग्र रुप लिएपछि अनिश्चितकालीन कफ्र्यु थपियो

<span class='c1'>सुनसरीमा घटनाले झन उग्र रुप</span> <span class='c2'>लिएपछि अनिश्चितकालीन कफ्र्यु थपियो</span>

विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाको महेन्द्र राजमार्गअन्तर्गत इनरुवा बजार क्षेत्र र आसपासका क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी आदेशअनुसार साउन १२ गते दिउँसो ३ः ३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कफ्र्यु लागू गरिएको हो।
कफ्र्यु अवधिमा तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने प्रशासनले जनाएको छ ।

कफ्र्यु लागू गरिएको क्षेत्रको क्षेत्रहरु :
पूर्व पकली चोकसम्म, पश्चिम , कोशी ब्यारेजको पुलसम्म । उत्तर र दक्षिण महेन्द्र राजमार्गदेखि दायाँ–बायाँ २०० मिटर क्षेत्रभित्र जिल्ला प्रशासन कार्यालयले सबैआम नागरिकहरुलाई कफ्र्यु आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै सुरक्षा अवस्था सामान्य नभएसम्म आदेश कायम रहने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्