चार वर्षदेखि हिपको जोर्नी चल्न छाडेका महराको जीवन विकास अस्पतालमा सफल हिप रिप्लेसमेन्ट

<span class='c1'>चार वर्षदेखि हिपको जोर्नी चल्न छाडेका महराको</span> <span class='c2'>जीवन विकास अस्पतालमा सफल हिप रिप्लेसमेन्ट</span>

विराटनगर । सिरहाका रामवृक्ष महरा चार वर्षदेखि बायाँ हिप (कुल्हा) सम्बन्धी गम्भीर समस्याबाट पीडित थिए। रोजगारीका क्रममा दुबईमा रहेका बेला सुरु भएको समस्या क्रमशः बढ्दै जाँदा उनको हिपको जोर्नीको चलायमानता (मुभमेन्ट) लगभग पूर्ण रूपमा बन्द भएको थियो। जसका कारण उनी हिँड्न, बस्न, सुत्न र दैनिक जीवनका सामान्य काम गर्नसमेत असहज अवस्थामा पुगेका थिए।

लामो समयसम्म समस्याबाट पीडित महराले उपचारका लागि मोरङस्थित जीवन विकास सामुदायिक अस्पताल तथा प्राविधिक शिक्षा प्रतिष्ठान रोजेका थिए। अस्पतालप्रति विश्वास व्यक्त गर्दै उनले नेपालमै उपचार गराउने निर्णय गरेपछि दुबईस्थित उनको रोजगारदाता कम्पनीले पनि त्यसका लागि स्वीकृति दिएको थियो। त्यसपछि उनी नेपाल आएर अस्पतालमा भर्ना भएका थिए।

अस्पतालले आवश्यक स्वास्थ्य परीक्षण तथा चिकित्सकीय मूल्याङ्कनपछि महराको बायाँ हिपको हिप रिप्लेसमेन्ट (Hip Replacement) शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ। शल्यक्रिया अर्थोपेडिक सर्जन डा. अमरेन्द्र यादवको नेतृत्वमा गरिएको अस्पतालले जानकारी दिएको छ।

शल्यक्रियापछि महराको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको अस्पतालको भनाइ छ। अस्पतालका अनुसार शल्यक्रिया भएको करिब २४ घण्टामै उनको हिपको जोर्नी पुनः चल्न थालेको छ भने उनी आफैं हिँडडुल गर्न र दैनिक गतिविधिमा फर्किन सक्ने अवस्थामा पुगेका छन्। लामो समयपछि सहज रूपमा हिँड्न सक्ने भएपछि महराले खुसी व्यक्त गर्दै शल्यक्रियाले आफ्नो जीवनमा नयाँ आशा जगाएको बताएका छन्।

जीवन विकास सामुदायिक अस्पताल तथा प्राविधिक शिक्षा प्रतिष्ठानले दक्ष विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण र गुणस्तरीय उपचार सेवामार्फत जटिल हाडजोर्नी लगायत विभिन्न रोगको उपचार गर्दै आएको जनाएको छ। अस्पतालले स्वदेशमै प्रभावकारी र विश्वसनीय विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनु आफ्नो मुख्य उद्देश्य रहेको उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्