सुनसरी घटनाप्रति प्रधानमन्त्रीको अपिल: : दोषीमाथि कानुनअनुसार कारबाही हुन्छ, संयम अपनाउन आग्रह

<span class='c1'>सुनसरी घटनाप्रति प्रधानमन्त्रीको अपिल: : दोषीमाथि</span> <span class='c2'>कानुनअनुसार कारबाही हुन्छ, संयम अपनाउन आग्रह</span>

विराटनगर । प्रधानमन्त्रीले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

प्रधानमन्त्रीले सुनसरीको घटनाले समाजमा भय, अविश्वास र अशान्ति फैलिएको भन्दै यस्तो अवस्था कसैले पनि नचाहेको उल्लेख गरेका छन्। ूप्रधानमन्त्रीका रूपमा मात्र होइन, यही देशको एक नागरिकका रूपमा पनि म सुनसरीमा भएका घटनाक्रमबाट अत्यन्त दुःखी छु उनले सम्बोधनमा भनेका छन्।

उनले घटनामा ज्यान गुमाएका परिवारको पीडा सरकारले महसुस गरेको बताउँदै दोषीमाथि कानुनबमोजिम कारबाही हुने विश्वास दिलाएका छन्। सरकारले घटनाको गम्भीर समीक्षा गरिरहेको र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णय तत्काल अघि बढाइएको पनि उनले जानकारी दिएका छन्।

प्रधानमन्त्रीले घटनाको सुरुदेखि नै सरकारले सक्रियता देखाए पनि त्यो पर्याप्त हुन नसकेको स्वीकार गरेका छन्। सुरक्षाकर्मीको गोलीबाट नागरिकको मृत्यु र घाइते भएको घटनालाई असामान्य भन्दै यसबारे अनुसन्धान सुरु भइसकेको र जिम्मेवार व्यक्तिमाथि कानुनी कारबाही गरिने बताएका छन्।

उनले सरकारले पीडित र मृतकका परिवारलाई न्यायको अनुभूति गराउन सम्पूर्ण शक्ति प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यतिन्जेलसम्म सबैलाई संयम अपनाउन आग्रह गरेका छन्।

उत्तेजना, आक्रोश र बदलाको भावनालाई नियन्त्रण गर्नुहोस्। धर्मले पनि हामीलाई यही शिक्षा दिन्छ। मानिसको पहिलो धर्म मानिसलाई जोगाउनु हो, र सरकारको पहिलो दायित्व आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्दै दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउनु हो, प्रधानमन्त्रीले भने।

सम्बोधनको अन्त्यमा उनले सबै नागरिकलाई शान्त, सुरक्षित र संयमित रहन, उत्तेजित बनाउने वा त्यसमा सहभागी हुने गतिविधिबाट टाढा रहन तथा सामाजिक सद्भाव, प्रेम र आपसी सम्मान कायम राख्न आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्