अर्थमन्त्रीको छलफलमा विराटनगरका उद्योगी, ढुवानी लागत घटाउने योजना माग

<span class='c1'>अर्थमन्त्रीको छलफलमा विराटनगरका उद्योगी, ढुवानी</span> <span class='c2'>लागत घटाउने योजना माग</span>

विराटनगर। काठमाडौंमा अर्थमन्त्री स्वर्णिम वाग्ले सँग भएको छलफलमा विराटनगरका उद्योगीहरूले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्। छलफलमा उद्योगी सुयश प्याकुरेलले देशको उच्च लजिस्टिक खर्च घटाउन प्रमुख राजमार्ग र पूर्वाधार आयोजना समयमै सम्पन्न गर्नुपर्ने सुझाव दिए। उनले पूर्वाधारलाई ‘इन्फ्रा इमर्जेन्सी’ घोषणा गरेर भए पनि निर्माण कार्य तीव्र बनाउनुपर्ने बताए।

उनले केरुङ–काठमाडौं–रक्सौल रेलमार्ग तथा काकडभिट्टाबाट आउने ढुवानी रेल कनेक्टिभिटी विस्तार भए नेपालको व्यापार प्रतिस्पर्धी बन्ने र ढुवानी लागत घट्ने धारणा राखे।

अर्थमन्त्रीले देशभरका करिब २५ उत्पादनमूलक उद्योगका प्रतिनिधिलाई छलफलका लागि बोलाएका थिए। विराटनगरबाट सुयश प्याकुरेलसहित प्रदीप शारदा, अनुज पोद्दार र युक्ति गोल्छाको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्