देवानगञ्ज घटनास्थलमा छानबिन समिति र जिल्ला सुरक्षा समितिको स्थलगत अनुगमन

<span class='c1'>देवानगञ्ज घटनास्थलमा छानबिन समिति र</span> <span class='c2'>जिल्ला सुरक्षा समितिको स्थलगत अनुगमन</span>

विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक झडपको घटनाबारे छानबिन गर्न गठित समिति र जिल्ला सुरक्षा समितिको टोली बुधबार घटनास्थल पुगेको छ।

टोलीले झडपमा ज्यान गुमाएका देवानगञ्ज गाउँपालिका–३ का २४ वर्षीय ओमप्रकाश मेहताको घरमा पुगेर परिवारजनसँग भेटघाट गरेको थियो। भेटका क्रममा परिवारबाट घटनाबारे जानकारी लिँदै टोलीले घटनास्थलको समेत स्थलगत अवलोकन गरेको छ।

गत आइतबार राति देवानगञ्ज–३, कप्तानगञ्जमा दुई समुदायबीच सामान्य डिजे बजाउने विषयलाई लिएर सुरु भएको विवादले उग्र रूप लिँदा झडप भएको थियो। घटनामा एक जनाको मृत्यु हुनुका साथै २२ जना सुरक्षाकर्मी सहित घाइते भएका थिए। घटनापछि कोशी प्रदेशका विभिन्न जिल्ला तथा मधेश प्रदेशका केही स्थानमा प्रदर्शन, नाराजुलुस र विरोध कार्यक्रमसमेत भएका थिए।

झडपपछि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका १० क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो। हाल पनि कर्फ्यु आदेश यथावत् रहे पनि अवस्था क्रमशः सामान्य बन्दै गएको प्रशासनले जनाएको छ। बुधबार बिहानदेखि सुनसरीका अधिकांश स्थानको सुरक्षा अवस्था शान्त रहेको छ।

यसैबीच, सरकारले घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी सदस्य–सचिव रहेका छन्।

समितिलाई घटनाको कारण, जिम्मेवारी तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायसहितको प्रतिवेदन एक साताभित्र सरकारसमक्ष पेश गर्ने कार्यादेश दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्