‘गौँथली’की गौँथली र ‘ठुले’ विराटनगरमा, हलमा पुग्दा दर्शकहरु हर्षित

<span class='c1'>‘गौँथली’की गौँथली र ‘ठुले’ विराटनगरमा,</span> <span class='c2'>हलमा पुग्दा दर्शकहरु हर्षित</span>

विराटनगर । नेपाली चलचित्र ‘गौँथली’ दोस्रो सातामा सफलतापूर्वक प्रदर्शन भइरहेको अवसरमा चलचित्रको मोफसल प्रचार–प्रसार अभियानअन्तर्गत मुख्य कलाकार सिमरन खड्का (गौँथली) र अरुण क्षेत्री (ठुले) सहितको टोली विराटनगर आइपुगेको छन् । डा.कपिल रिजाल निर्देशित चलचित्र ‘गौँथली’ले प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्दा दर्शकको राम्रो साथ पाइरहेको निर्माण पक्षले जनाएको छ ।


विराटनगरका दर्शक तथा चलचित्र पत्रकारसँग भेटघाट र संवाद गर्न चलचित्रका सह–निर्माता गिरिराज घिमिरेसहित कलाकारद्वय सिमरन खड्का र अरुण क्षेत्री विराटनगर आएका हुन् ।
चलचित्र पत्रकार संघ कोशी प्रदेश र मोरङ शाखाले विराटनगरस्थित ह्याम्पी आवर हेवन रेष्टुरेन्टमा बुधबार आयोजना गरेको पत्रकार भेटघाट तथा संवाद कार्यक्रममा कलाकारद्वयले चलचित्रको विषयवस्तु, अभिनय अनुभव र दर्शकको प्रतिक्रियाबारे चर्चा गरे ।


कार्यक्रममा चलचित्र पत्रकार संघ कोशी प्रदेशका अध्यक्ष वीरेन्द्रकुमार साहले चलचित्र ‘गौँथली’ले मनोरञ्जनसँगै सामाजिक विषयवस्तुलाई समेत प्राथमिकतामा राखेको बताए । उनले पछिल्लो समय नेपाली चलचित्रले समाजका महत्वपूर्ण विषयलाई पर्दामा ल्याउने क्रम बढ्दै गएको भन्दै ‘गौँथली’ले पनि दर्शकलाई मनोरञ्जनसँगै सामाजिक सन्देश दिन सफल भएको धारणा राखे ।


त्यस्तै, चलचित्र पत्रकार संघ मोरङ शाखाका अध्यक्ष प्रेम देवानले चलचित्रको प्रचार–प्रसारसँगै कलाकार र दर्शकबीच प्रत्यक्ष संवादको वातावरण निर्माण गर्नु महत्वपूर्ण रहेको बताए । उनले मोफसलका दर्शक नेपाली चलचित्रका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै कलाकार र निर्माण पक्षले मोफसलका दर्शकको प्रतिक्रिया प्रत्यक्ष रूपमा सुन्ने र बुझ्ने अवसरलाई निरन्तरता दिनुपर्ने बताए । कार्यक्रममा मुख्य कलाकार सिमरन खड्काले ‘गौँथली’ चलचित्रमा आफूले निर्वाह गरेको पात्र दर्शकका लागि भावनात्मक र विशेष रहेको बताइन् । उनले चलचित्रले अटिजम भएका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएको भन्दै दर्शकले चलचित्र हेरेपछि सकारात्मक सोच विकास गर्न सक्ने विश्वास व्यक्त गरिन् ।


त्यस्तै, कलाकार अरुण क्षेत्रीले ‘ठुले’को भूमिकामार्फत आफूले फरक किसिमको चरित्र निर्वाह गर्ने अवसर पाएको बताए । उनले चलचित्रमा मनोरञ्जनसँगै सामाजिक यथार्थलाई प्रस्तुत गरिएको भन्दै दर्शकले दिएको मायाले आफूहरूलाई थप उत्साहित बनाएको बताए ।


चलचित्र ‘गौँथली’ विशुद्ध सामाजिक कथावस्तुमा आधारित रहेको निर्माण पक्षले जनाएको छ । विशेषगरी अटिजमबाट प्रभावित व्यक्तिहरूलाई समाजले हेर्ने दृष्टिकोण, उनीहरूप्रतिको व्यवहार र पारिवारिक तथा सामाजिक अवस्थालाई चलचित्रले कथाको केन्द्रमा राखेको छ ।

चलचित्र निर्माण टिमका अनुसार ‘गौँथली’ले दोस्रो सातामा प्रवेश गर्दासम्म १० करोड ग्रस कलेक्सन गरिसकेको फिल्मका निर्माता सुमन गिरीले आवर विराटनगरलाई जानकारी दिए । साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र अहिले दोस्रो सातामा प्रदर्शन भइरहेको छ । निर्माण पक्षले चलचित्रले दर्शकबाट पाइरहेको प्रतिक्रिया र साथका कारण यस वर्षको सफल चलचित्रमध्ये एक बन्न सफल भएको दाबी गरेको छ ।


विराटनगरमा आयोजित पत्रकार भेटघाट तथा संवाद कार्यक्रममा चलचित्र पत्रकार संघ कोशी प्रदेशका अध्यक्ष वीरेन्द्रकुमार साह, मोरङ शाखाका अध्यक्ष प्रेम देवानसहित चलचित्र पत्रकार तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रम पस्चात कलाकारहरु विराटनगरका दुईवटा हलमा भिजिट गरेका थिए । चलचित्र प्रदर्शन भइरहेका विराटनगरका दुईवटै हलमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको थियो ।

कलाकारहरुले विराटनगरको सेन्ट्रल मल्टिप्लेक्स र सिटी सिनेमा हलमा पुगेर दर्शकहरुसँग भलाकुसारी समेत गरेका थिए । हलमा पुगेका नायक नायिकाहरुसँग सेल्फी खिच्नेहरुको पनि उतिकै जमात देखिन्थ्यो । उनीहरुले विराटनगरका दर्शकलाई हलसम्म पुगेर चलचित्र हेर्न र आफ्नो प्रतिक्रिया दिन पनि आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्