नेपालमा पहिलोपटक शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’

<span class='c1'>नेपालमा पहिलोपटक शिलाजित मिश्रित</span> <span class='c2'>इनर्जी ड्रिंक ‘भिट सिला’</span>

नेपालको प्राकृतिक सम्पदा हिमालयन शिलाजितलाई आधुनिक ऊर्जा पेयको रूपमा विश्व बजारमा पुर्‍याउने उद्देश्यसहित ‘भिट सिला’ नामक उत्पादन बजारमा ल्याइने भएको छ । भिटसिला फुड्स एण्ड वेभरेज प्रा.लि ले यही साउन १८ गते यसको औपचारिक शुभारम्भ गर्ने घोषणा गरेको छ ।

नेपालमै पहिलोपटक व्यावसायिकरूपमा उत्पादन हुन लागेको यो ‘सिलाजित इन्फ्युज्ड इनर्जी ड्रिंक’ को वैज्ञानिक फर्मुलेसन संयुक्त अधिराज्यमा विकसित गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, आधुनिक पेय विज्ञान र हिमालयन शिलाजितको पौराणिक एवं प्राकृतिक महत्त्वलाई एउटै उत्पादनमा समेटिएको यो विश्वकै सम्भवतः पहिलो सरकारी स्वीकृति प्राप्त शिलाजित इनर्जी ड्रिंक हो ।

विभिन्न क्षेत्रमा अनुभव बटुलेका तीनजना नेपाली उद्यमीहरूको संयुक्त लगानी र सोचबाट यो ब्रान्डको विकास भएको हो । संस्थापकहरूमा सूचना प्रविधि तथा सञ्चार क्षेत्रमा दुई दशकको अनुभव भएका नरेन्द्रबहादुर चन्द, साबुन उद्योगका अनुभवी विवेक सिटौला र पोल्ट्री फिड उद्योगमा आबद्ध अनुभवी उद्यमी कविन्द्र प्रसाईँ छन् । नेपाली उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने साझा लक्ष्यका साथ नवीन प्रयास थालिएको प्रसाईँले बताए ।

कम्पनीमा अन्तर्राष्ट्रिय साझेदारका रूपमा लण्डनकी डा. हाना रहेकी छन् । ‘भिट सिला’ की संस्थापक तथा सह-मालिक हानाले अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धक र ‘भिट सिला’ को निर्देशकका रूपमा, कम्पनीको विश्वव्यापी दृष्टिकोण (भिजन) तय गर्न र अन्तर्राष्ट्रिय बजारमा उपस्थिति विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ ।

हाल उनी CSR Accreditation का लागि मध्य पूर्व र उत्तर अफ्रिका क्षेत्रको कार्यकारी निर्देशक, Northumbria University London मा लेक्चरर तथा मोड्युल लिडर, बोर्ड सदस्य र UNDP द्वारा मान्यता प्राप्त SDG Impact Standards प्रशिक्षकका रूपमा कार्यरत छिन् । दिगोपन नेतृत्व, ESG रणनीति, दिगो वित्त, CSR र जिम्मेवार कर्पोरेट सुशासनजस्ता क्षेत्रमा उनको विज्ञता रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्