कप्तानगञ्जवासीको माग गोली चलाउने माथि कारवाही हुनुपर्छ

<span class='c1'>कप्तानगञ्जवासीको माग गोली चलाउने</span> <span class='c2'>माथि कारवाही हुनुपर्छ</span>

विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति दुई समुदायबीच भएको झडपपछि सुरु भएको विरोध प्रदर्शन अझै रोकिएको छैन। घटनामा सुरक्षाकर्मी सहित २२ जना घाइते भएका थिए भने १० जनामाथि गोली प्रहार भएको थियो। गोली लागेर घाइते भएका देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका लागि विराटनगर ल्याइँदै गर्दा मृत्यु भएको थियो। घाइतेमध्ये हाल पनि दुई जनाको अवस्था गम्भीर रहेको तथा अन्यको विराटनगरको ३ अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि सुरु भएको विरोध प्रदर्शनको प्रभाव सुनसरी, मोरङसहित मधेश प्रदेशका केही जिल्लामा समेत देखिएको छ। सुरक्षा अवस्था संवेदनशील बनेपछि प्रशासनले विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। हाल पनि सुनसरीका १० वटा स्थानीय तहमा कर्फ्यु यथावत् रहेको सुनसरी प्रशासनले जनाएको छ।

कप्तानगञ्जका स्थानीयले आफूहरू शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेको दाबी गरेका छन्। प्रदर्शनकारीहरूको मुख्य माग घटनाको निष्पक्ष छानबिन, गोली चलाउनुपर्ने अवस्था किन आयो भन्ने विषयको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने तथा गोली चलाउने जिम्मेवार व्यक्तिमाथि कडा कानुनी कारबाही हुनुपर्ने रहेको छ। उनीहरूले दोषीमाथि कारबाही नभएसम्म विरोध नरोकिने चेतावनी दिएका छन्।
घटनास्थल तथा आसपासका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको ठूलो संख्यामा सुरक्षा परिचालन गरिएको भए पनि स्थानीय प्रदर्शनकारीहरू प्रर्दशनबाट पछि हटेका छैनन्।

प्रदर्शनमा सहभागी स्थानीय संजय मेहताले आफूहरू शान्तिपूर्ण रूपमा विरोध गरिरहेको भए पनि दोषीमाथि कारबाही नभएसम्म आन्दोलन जारी रहने बताए। उनका अनुसार सरकारले गठन गरेको पाँच सदस्यीय छानबिन समितिमाथि पनि स्थानीयको विश्वास नरहेको भन्दै नयाँ ढंगबाट निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरिएको छ।

प्रदर्शनकारीहरूले यति ठूलो घटना हुँदासमेत गृहमन्त्री सुदन गुरुङ घटनास्थलमा नपुगेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले जुनसुकै समुदायका व्यक्ति दोषी भए पनि निष्पक्ष अनुसन्धान गरी कानुनबमोजिम कारबाही हुनुपर्ने माग दोहोर्‍याएका छन्। यस घटनापछि प्रभावित क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्