राजनीतिक अवस्था असहज बन्दैछ, राष्ट्रिय एकताका लागि संवाद जरुरी छ : प्रचण्ड

<span class='c1'>राजनीतिक अवस्था असहज बन्दैछ, राष्ट्रिय एकताका</span> <span class='c2'>लागि संवाद जरुरी छ : प्रचण्ड</span>

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको वर्तमान राजनीतिक अवस्था सहज नरहेको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राष्ट्रिय एकता, सामाजिक सद्भाव र संवादमार्फत समस्या समाधान गर्न सबै पक्षलाई आग्रह समेत गरे । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गत निर्वाचनका क्रममा जनतासामु गरिएका प्रतिबद्धताअनुसार सरकार अघि बढ्न नसकेको टिप्पणी गरे । सरकारका गतिविधिले जनअपेक्षा पूरा गर्न नसकेको भन्दै दिनप्रतिदिन परिस्थिति अझ असहज बन्ने चिन्ता बढ्दै गएको उल्लेख गरे । उनले भने, ‘अहिले देशको समग्र राजनीतिक परिस्थिति सहज छैन । सदनमा तर्क वितर्क चलिरहेको छ । गत निर्वाचनमा गरिएको वाचा र अभिमत अनुसार काम भएको छैन् । सरकारका क्रियाकलापले जनताको अपेक्षालाई सम्बोधन गर्न सकेको छैन् । बरु दिन प्रतिदिन परिस्थिति अझ असहज हुने हो कि भन्ने चिन्ता व्याप्त भएको छ ।’

प्रचण्डले सुनसरीमा भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सदनमार्फत सम्पूर्ण नेपालीलाई शान्ति, सद्भाव र संयमता अपनाउन अपिल गरे । उनले नेपाली समाजको ऐतिहासिक विशेषता धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता रहेको उल्लेख गर्दै कठिन परिस्थितिमा पनि संवाद र सहकार्यबाट समस्या समाधान गर्ने परम्परालाई निरन्तरता दिनुपर्ने बताए । सुनसरी, मोरङलगायतका क्षेत्रमा देखिएका तनावप्रति सचेत रहन आग्रह गर्दै उनले कुनै पनि विवादलाई संवाद र सहकार्यको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘सुनसरी–मोरङलगायतक अन्य क्षेत्रमा जे परिस्थिति देखा परेको छ । उक्त परिस्थितिका सन्दर्भमा संवाद र सहकार्य माध्यमबाट समाधान गर्ने र आम जनताको एकताको माध्यमबाट देशभित्र घोचपेच गर्नखोज्ने परिस्थितिलाई अझ असहज बनाउन खोज्ने प्रवृत्तिको अन्त्य गर्न अपिल गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्