सुनसरी घटनापछि मोरङमा सर्वपक्षीय बैठक, सद्भाव कायम राख्नेबारे छलफल

<span class='c1'>सुनसरी घटनापछि मोरङमा सर्वपक्षीय बैठक,</span> <span class='c2'>सद्भाव कायम राख्नेबारे छलफल</span>

विराटनगर। सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि त्यसको प्रभाव अन्य जिल्लामा समेत फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले सर्वपक्षीय बैठक बोलाएको छ ।

मोरङ उद्योग व्यापार संघको सभाहलमा जारी बैठकमा जिल्लास्थित राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तहका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको छ । सुनसरी घटनापछि विभिन्न जिल्लामा प्रदर्शन विस्तार भइरहेका बेला उत्पन्न परिस्थितिबारे समीक्षा गर्दै शान्ति सुरक्षा, सामाजिक सद्भाव कायम राख्ने उपाय र सम्भावित सुरक्षा व्यवस्थाबारे बैठकमा छलफल भइरहेको जनाइएको छ । प्रशासनले जिल्लामा शान्ति, सामाजिक सद्भाव र कानुन व्यवस्था कायम राख्न सबै पक्षसँग संयमता अपनाउन तथा अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्