भूमिहीनलाई लालपुर्जा वितरण दीर्घकालीन समाधानको सुरुआत : सांसद रिमा विश्वकर्मा

<span class='c1'>भूमिहीनलाई लालपुर्जा वितरण दीर्घकालीन समाधानको</span> <span class='c2'>सुरुआत : सांसद रिमा विश्वकर्मा</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण अभियानलाई दीर्घकालीन समस्या समाधानतर्फको महत्वपूर्ण कदम भएको बताएकी छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विश्वकर्माले हालै आफ्नो गृहजिल्ला बर्दिया भ्रमणका क्रममा भूमिहीन परिवारले लालपुर्जा प्राप्त गरेको उल्लेख गर्दै सरकारप्रति धन्यवाद व्यक्त गरिन् । उनले बर्दियामा भूमिहीन नागरिकको दशकौँदेखिको समस्यालाई सम्बोधन गर्ने अभियानअन्तर्गत हालसम्म ८२ परिवारले लालपुर्जा प्राप्त गरेको जानकारी दिइन् । प्रमुख जिल्ला अधिकारीका अनुसार बढैयाताल गाउँपालिकाका २९, बाँसगढी नगरपालिकाका १३ र गुलरिया नगरपालिकाका ४० परिवार गरी ८२ भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको उनले बताइन् । सांसद विश्वकर्माले सामाजिक सञ्जालमा सरकारलाई सुकुम्बासीको उठीबास गराउने सरकारका रूपमा चित्रण गर्ने प्रयास भए पनि सरकार वास्तविक समस्याको दीर्घकालीन समाधानतर्फ अघि बढिरहेको दाबी गरिन् । उनले देशभर अझै पनि वास्तविक भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबास गरिरहेका लाखौँ परिवार जग्गाधनी प्रमाणपुर्जाको प्रतीक्षामा रहेको उल्लेख गर्दै दर्ता भएका १२ लाख ४७ हजार ४६९ निवेदन कानुनबमोजिम प्रमाणीकरण गर्न आग्रह गरिन् ।

वास्तविक सुकुम्बासीलाई पहिचान गरी अधिकार पाउनुपर्ने कुनै पनि नागरिक नछुट्ने सुनिश्चित गर्न र अभियानलाई देशव्यापी रूपमा निरन्तरता दिनुपर्नेमा उनले जोड दिइन् । विश्वकर्माले देशभित्र र विदेशमा रहेका करिब दुई करोड ९६ लाख नेपालीका सबै समस्या एकैपटक समाधान गर्न सम्भव नभए पनि लामो यात्राको सुरुवात दृढ कदमबाट हुने उल्लेख गर्दै सरकारले जनहितमा त्यही कदम चालेको बताइन् । क्षणिक लोकप्रियताका लागि समस्याको राजनीतिकरणभन्दा दीर्घकालीन समाधानमा केन्द्रित भएको भन्दै उनले सरकारप्रति पुनः धन्यवाद व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्