विराटनगरबाट शान्ति र सद्भावको सन्देश, आज सद्भाव र्‍याली

<span class='c1'>विराटनगरबाट शान्ति र सद्भावको</span> <span class='c2'>सन्देश, आज सद्भाव र्‍याली</span>

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–स्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन आज शुक्रबार विराटनगरमा सद्भाव र्‍याली आयोजना गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङमा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको अध्यक्षतामा बिहीबार बसेको सर्वपक्षीय बैठकले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले आमनागरिकको सहभागितामा सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको हो।

निर्णयअनुसार र्‍याली शुक्रबार अपराह्न ३ बजे महेन्द्र चोकबाट सुरु भई ट्राफिक चोक, पञ्चमुखी हनुमान मन्दिर, वडा प्रहरी कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालय मोरङअगाडि रहेको डाँफे चोकसम्म पुग्नेछ।

र्‍यालीमा विभिन्न राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक सङ्घसंस्था, सञ्चारकर्मी, युवा, व्यवसायी तथा विभिन्न धार्मिक समुदायका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।

बैठकले साउन १० गते देवानगञ्जमा दुई समुदायबीच भएको विवादमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै उपचाररत घाइतेहरूको प्रभावकारी उपचारका लागि अस्पताल प्रशासनसँग आवश्यक समन्वय गर्ने निर्णय पनि गरिएको छ।

त्यसैगरी, सामाजिक तथा धार्मिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि, सूचना वा अफवाह देखिएमा सम्बन्धित निकायबीच तत्काल समन्वय गर्ने र सामाजिक एकता कायम राख्न सबै पक्षले आवश्यक सहकार्य, सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता बैठकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्