विराटनगरमा सामाजिक सद्भाव र्‍याली

<span class='c1'>विराटनगरमा सामाजिक</span> <span class='c2'>सद्भाव र्‍याली</span>

सोनु साह
विराटनगर । सुनसरी र मोरङ सहित तराई जिल्लामा पछिल्ला दिनमा देखिएको तनाव र अशान्ति थप फैलिन नदिन विराटनगरमा शुक्रबार सामाजिक सद्भाव र्‍याली आयोजना गरिएको छ। विराटनगरस्थित नागरिक समाज, हिन्दु तथा मुस्लिम धार्मिक अगुवा, स्थानीय व्यवसायी, मजदुर, विभिन्न संघसंस्था तथा सर्वसाधारणको सहभागितामा आयोजित र्‍यालीले समाजमा शान्ति, एकता र आपसी सद्भाव कायम राख्नुपर्ने सन्देश दिएको हो।

र्‍यालीमा सहभागीहरूले सामाजिक सद्भाव कायम गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउँदै समाजमा सकारात्मक सन्देश प्रवाह भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले धर्म, जात वा समुदायका आधारमा विभाजन होइन, सबै नेपाली एकताबद्ध भएर बस्नुपर्नेमा जोड दिएका छन्। यस्ता घटनाले समाजमा अविश्वास बढाउने भएकाले सबै समुदायले संयमता अपनाउँदै आपसी समझदारीलाई प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ थियो।


र्‍यालीका क्रममा धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, देशभक्ति तथा भ्रातृत्व झल्किने नाराहरूसमेत लगाइएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले हालै घटेको घटना अत्यन्त दुःखद भएको भन्दै त्यसबाट सबै नागरिक पीडित बनेको बताए। उनले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै पक्ष जिम्मेवार र सचेत बन्नुपर्ने आवश्यकता औँल्याए।


उनले भने, “हामी सबैभन्दा पहिले मानव हौं। त्यसपछि मात्र हाम्रो धर्म, जात र संस्कार आउँछ। धर्मका नाममा एक मानवले अर्को मानवलाई विभेद वा अपमान गर्नु हुँदैन। सबैले आफ्नो ठाउँबाट सकारात्मक सन्देश फैलाउन जरुरी छ।” महेन्द्र चोकबाट सुरु भएको सद्भाव र्‍याली जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि पुगेर समापन गरिएको थियो।

र्‍यालीमा जिल्लाका सुरक्षा प्रमुख, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विभिन्न राजनीतिक दलका प्रतिनिधि, धार्मिक अगुवा, नागरिक समाज, संघसंस्थाका प्रतिनिधि, व्यवसायी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्