सुनसरी देवानगञ्ज घटना अपडेटः आफन्तले शव बुझे, आजै अन्त्येष्टि गरिने तयारी

<span class='c1'>सुनसरी देवानगञ्ज घटना अपडेटः आफन्तले शव</span> <span class='c2'>बुझे, आजै अन्त्येष्टि गरिने तयारी</span>

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकान्डमा मृत्यु भएका दुई व्यक्तिको शव बुझेसँगै अहिले कोशी अस्पतालमा पोष्टमार्टम भईरहेको छ ।

सरकार र पीडित परिवारबीच आज बिहान ७ बुँदे सहमति भएपछि शव बुझेर आफन्तले जिम्मा लिईसकेका छन् । विराटनगर १० स्थित न्यूरो अस्पतालमा रहेका मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव गृहबाट निकालेर अहिले कोशी अस्पतालमा पोष्टमार्टम भईरहेको छ । दुवै शवको पोस्टमार्टमपछि आझै अन्त्येष्टि गरिने मृतकका आफन्तले जानकारी दिएका छन् ।

गत आइतबार राति देवानगञ्ज–३ मा दुई समुदायबीच विवाद भएपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर स्थानीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका जयप्रकाश मेहताको उपचारका क्रममा हिजो मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्