विराटनगरको जनपथ माविका ५७५ विद्यार्थीको निःशुल्क आँखा परीक्षण

<span class='c1'>विराटनगरको जनपथ माविका ५७५</span> <span class='c2'>विद्यार्थीको निःशुल्क आँखा परीक्षण</span>

विराटनगर। विराटनगरस्थित जनपथ माध्यमिक विद्यालयका ५ सय ७५ जना विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएको छ। रानी विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको परीक्षण कार्यक्रमअन्तर्गत विद्यार्थीहरूको आँखाको अवस्था जाँच गरिएको हो। परीक्षणका क्रममा १ सय २५ जना विद्यार्थीमा कुनै न कुनै प्रकारको आँखासम्बन्धी समस्या देखिएको अस्पतालकी प्रशासन प्रमुख उषा भट्टराईले जानकारी दिनुभयो।

भट्टराईका अनुसार समस्या देखिएका विद्यार्थीलाई आवश्यक परामर्श, थप परीक्षण तथा उपचारका लागि अस्पतालमा सम्पर्क गर्न सुझाव दिइएको छ। समयमै आँखा परीक्षण र उपचार गरिए बालबालिकाको दृष्टि सुरक्षित राख्न तथा अध्ययनमा सकारात्मक प्रभाव पार्न सकिने उहाँले बताउनुभयो।

विद्यालय तहका विद्यार्थीमा आँखासम्बन्धी समस्या समयमै पहिचान गर्ने उद्देश्यले यस्ता निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको अस्पतालले जनाएको छ। विद्यालयले पनि यस्ता कार्यक्रमले विद्यार्थीको स्वास्थ्य अवस्था पहिचान गर्न तथा अभिभावकमा सचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्