वीरगञ्जमा निषेधाज्ञा हटाइयो, जनजीवन पुनः सामान्य बन्दै

<span class='c1'>वीरगञ्जमा निषेधाज्ञा हटाइयो, जनजीवन</span> <span class='c2'>पुनः सामान्य बन्दै</span>

पर्सा । वीरगञ्जमा केही दिनदेखि लागू गरिएको निषेधाज्ञा आइतबारदेखि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा अवस्थाको समीक्षा गर्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार साउन १४ गतेदेखि दैनिक साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म लागू हुँदै आएको निषेधाज्ञा अब आवश्यक नरहेको निष्कर्षसहित हटाइएको हो। पछिल्ला दिनमा जुलुस, प्रदर्शन तथा हुलदङ्गाका घटना घट्दै गएपछि प्रशासनले प्रतिबन्ध फुकुवा गरेको जनाएको छ।

यसैबीच, सिरहाको गोलबजार घटनाका पीडित परिवार र सरकारबीच आठबुँदे सहमति भएपछि मृतकको अन्त्येष्टि प्रक्रिया अघि बढेको छ। त्यससँगै आन्दोलनरत हिन्दू समाज तथा विभिन्न हिन्दूवादी सङ्घसंस्थाले आफ्ना विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्